२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

सेफ सन्तोष शाहको जीवनमा आधारित चलचित्र ‘द टेस्ट अफ सल्ट’ बर्लिन को–प्रोडक्सनमा चयन

सेफ सन्तोष शाह । तस्बिर: बीबीसी<br>

लण्डनमा बस्दै काम गर्ने नेपाली चर्चित सेफ सन्तोष शाहको जीवनमा आधारित चलचित्र ‘द टेस्ट अफ सल्ट’ निर्माणको तयारीमा छ। शाहले नेपाली खानालाई विश्वसामु चिनाउने महत्वपूर्ण योगदान दिएका छन्।

करिब ४०० अन्तर्राष्ट्रिय आवेदनमध्ये छानिइर यो प्रोजेक्ट मुख्य ‘अफिसियल फिचर प्रोजेक्ट’ विधा अन्तर्गतका १९ उत्कृष्ट फिल्ममध्ये पर्न सफल भएको हो। फेब्रुअरीमा आयोजना हुने ७६औँ बर्लिन अन्तर्राष्ट्रिय चलचित्र महोत्सव मा यो प्रोजेक्ट ६०० भन्दा बढी प्रमुख अन्तर्राष्ट्रिय फिल्म निर्माता, वितरक, सेल्स एजेन्ट र लगानीकर्तामाझ प्रस्तुत गरिनेछ।

चलचित्र दीपक रौनियाल निर्देशित हुनेछ र नेपाल–बेलायतको सहनिर्माणमा बनाइनेछ। निर्देशक रौनियालका अनुसार, ‘द टेस्ट अफ सल्ट’ एक साधारण व्यक्तिको सङ्घर्ष र सफलताको कथा हो। चलचित्रमा आप्रवासन, जातीय विभेद र चुनौतीपूर्ण परिस्थितिका विषयहरू समेत समेटिने छन्।’

बर्लिनको ‘को–प्रोडक्सन मार्केट’ विश्वकै प्रमुख प्लेटफर्म मानिन्छ जहाँ फिल्मका लागि लगानी तथा बिक्रीको अवसर प्राप्त हुन्छ। यो छनोटले चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा पहुँच दिने विश्वास गरिएको छ।

प्रकाशित: २ माघ २०८२ १६:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App