३ जेष्ठ २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

झापामा पुस्तक चर्चा तथा रचना वाचन

नेपाल लाइब्रेरी फाउण्डेशन गृहपुस्तकालय अभियानले पुस्तक चर्चा र रचना वाचन कार्यक्रम गरेको छ।

दमक-६ स्थित जीवन चक्र समाजको कार्यालयमा भएको उक्त कार्यक्रममा पुस्तकालयलाई पुस्तक प्रदान गर्ने स्रष्टाहरूलाई धन्यवादपत्र प्रदान गरिएको थियो भने गृहपुस्तकालय अभियानमा उत्कृष्ट कार्य गरेकाले झापा जिल्ला संयोजक डा. लेखनाथ न्यौपानेलाई सम्मान गरिएको थियो।

नेपाल लाइब्रेरी फाउण्डेशनका महासचिव समेत रहेका कार्यक्रमका प्रमुख अतिथि धनकुमार श्रेष्ठ र गृह पुस्ताकालय अभियानका कोशी प्रदेश संयोजक माधवप्रसाद पोख्रेलले डा. न्यौपानेलाई प्रमाणपत्र दोसल्ला ओडाएर सम्मान गरेका थिए।

कार्यक्रममा कवि तथा साहित्यकार हेमनाथ अधिकारीले इजराएल निवासी युवाल नोहा हरारीको "सेपियन्स" पुस्तकबारे चर्चा गरेका थिए।

कार्यक्रममा नेपाल लाइब्रेरी फाउण्डेशन गृहपुस्तकालय अभियान जिल्ला समिति झापाका पदाधिकारीहरूलाई पदीय दायित्वको जिम्मेवारीको प्रमाणपत्र प्रदान गरिएको थियो। जिम्मेवारी प्राप्त गर्नेहरूमा क्रमशः संयोजक डा. लेखनाथ न्यौपाने, सचिव ओमप्रसाद खनाल, सदस्यहरू विरेन्द्र खड्का, मेघनाथ बन्धु, दुर्गा खनाल काफ्ले, गणेशप्रसाद न्यौपाने, गणेश गौतम, विवेक दुलाल क्षेत्री, गोपालप्रसाद दहाल,भगवती दवाडी र हिमाल सुब्बा गुराँस छन्।

कार्यक्रममा साहित्यकारहरु बिन्दु दहाल मुकदर्शक, यादवप्रसाद अधिकारी झाक्रिखोले, टंकप्रसाद पाठक,वाशुदेव काफ्ले, तिर्थ लामिछाने, मनकुमार मगर लगायतको उपस्थिति थियो। उपस्थित साहित्यकारहरूबाट सुन्दर रचना वाचन गरिएको उक्त कार्यक्रमको सन्चालन नेपाल लाइब्रेरी फाउण्डेशन झापा शाखाका सचिव ओमप्रसाद खनालले गरेमा थिए।

प्रकाशित: ३ जेष्ठ २०८३ १२:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App