१७ असार २०८३ बुधबार
image/svg+xml
कला/साहित्य

विराजको नयाँ गीत ‘छ लिसे’ सार्वजनिक

नेपालभाषाका गायक विराज महर्जनको ‘छ लिसे’ गीत सार्वजनिक भएको छ। आइतबार गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनको प्रमुख आतिथ्यमा राजधानीस्थित जय नेपाल हलमा एक कार्यक्रमबीच नेपालभाषा गीत ‘छ लिसे’ प्रिमियर गरिएको हो। 

रामकृष्णा खड्गीको शब्द र संगीत रहेको गीतको संयोजन जुगल डंगोलले गरेका छन्। रक्कि महर्जनको छायांकन रहेको गीतलाई खड्गी आफैले निर्देशन गरेका हुन्। भिडियोमा कृषल श्रेष्ठ र श्रीतिका श्रेष्ठको अभिनय छ।   

हाल अस्ट्रेलियामा बसोबास गर्दै आएका विराजले ‘छ लिसे’सँगै नेपाली गीत ‘साइली’ पनि प्रिमियर गरे। साइलीको शब्द, संगीत तथा संगीत संयोजन जुगल डंगोलले गरेका छन्। गीतमा कृषल र श्रीतिकालाई नै देख्न सकिन्छ। यस गीतलाई पनि रक्कि (महर्जन)ले छायांकन र रामकृष्ण खड्गीले निर्देशन गरेका हुन्।  

प्रकाशित: १७ असार २०८३ ११:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App