२३ माघ २०८२ शुक्रबार
image/svg+xml
कला/साहित्य

स्याङ्जामा भकुण्डे साहित्य उत्सव

श्रीमद्देवी भागवतमहापुराणम् ज्ञान यज्ञ-२०८२ को सन्दर्भमा भकुण्डे साहित्य उत्सव- २०८२ भएकाे छ।

श्री नवदुर्गा पूजा व्यवस्थापन समिति, वालिङ - १०, भकुण्डे श्री शिवपार्वती मन्दिरको आयोजनामा सञ्चालित ज्ञान यज्ञमा वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाको संयोजनमा साहित्य उत्सव भएको हो।

उक्त कार्यक्रम स्याङ्जाको साहित्यिक इतिहासमै पहिलोपटक धार्मिक अनुष्ठानको सन्दर्भमा आयोजना गरिएको हाे।

उक्त ऐतिहासिक साहित्य उत्सवमा विष्णु पङ्गेनी पाण्डे, पारिश्वर न्यौपाने, डोलराज डुम्रे विकल्प, हरि पङ्गेनी र शोभाकान्त रेग्मीले मुक्तक र अजित काफ्ले, गुरुप्रसाद ढकाल, खगेन्द्रजंग थापा र नारायण न्यौपानेले गजल वाचन गरेका थिए।

साहित्यकार मिलन समिरले भकुण्डे साहित्य उत्सव -२०८२ काे संयाेजन तथा सहजीकरण गरेकाे कार्यक्रममा अनन्त अर्याल, वसन्त खनाल, चण्डिकाप्रसाद भट्टराई, बोधराज न्यौपाने, ध्रुवप्रसाद शर्मा पङ्गेनी, दिलीप तिवारी, ढालबहादुर केसी, इन्द्रप्रसाद पाठक, कमला अधिकारी सिग्देल, खगेन्द्र अर्याल, नारायणप्रसाद रेग्मी, प्रेमबन्धु सुवेदी, राजु गैह्रे, शम्भु अर्याल, सुरेश पङ्गेनी, पूजा रेग्मी, बुढा सम्धी, लक्ष्मीप्रसाद रेग्मी, पवन अधिकारी र निखिलनारायण रेग्मीले कविता वाचेका थिए।

श्री नवदुर्गा पूजा व्यवस्थापन समितिका अध्यक्ष अर्जुनप्रसाद खनालकाे सभाध्यक्ष रहेकाे कार्यक्रममा उपाध्यक्ष विष्णु सुवेदी गैह्रेले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए।

भकुण्डे शिवपार्वती मन्दिरको स्थापना विसं २०४८ सालमा भएको हो। शिवपार्वती मन्दिर भकुण्डेस्थित सिद्दार्थ राजमार्गछेउमा छ। पण्डित प्रकाश तिवारीले  कथा वाचन गरिएको ज्ञान यज्ञ १५ गतेसम्म सञ्चालन हुनेछ।

प्रकाशित: १२ आश्विन २०८२ ११:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App