२५ आश्विन २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

‘बाटुलो जुन’ को ‘मेरो मन चोर्यौ सुटुक्कै’ सार्वजनिक

<br>

भुवन केसीको निर्देशन तथा अभिनय रहेको चलचित्र ‘बाटुलो जुन’ को पहिलो गीत ‘मेरो मन चोर्‍यौ सुटुक्कै’ घटस्थापनाको अवसर पारेर सार्वजनिक भएको छ।

गीतमा युग भुसालको शब्द तथा सङ्गीत, तृषा चटर्जी र हिमांशु जान शर्माको स्वर छ। म्युजिक भिडियोलाई विक्रम स्वारले कोरियोग्राफी गरेका हुन्।

गीतमा देखिने आकर्षक खोला किनार, घुम, डन्डिबियो र मकैघारी जस्ता छायांकनस्थलले दर्शकलाई पुरानो समयको सम्झना गराउँछ।

गीतमा मुख्य दुई कलाकार, नायक अनमोल केसी र डेब्यु अभिनेत्री प्रिन्सी खतिवडा फिचर्ड छन्। यसअघि चलचित्रको ट्रेलर तथा टिजरले राम्रो चर्चा पाएको थियो।

भुवन केसीको दोस्रो निर्देशकीय भूमिका रहेको यस चलचित्रमा भुवन केसी र गरिमा पन्तको पनि अभिनय छ। चलचित्रमा राजेश श्रेष्ठको छायाङ्कन, कृष्ण भण्डारीको सम्पादन, रोमन बज्राचार्यको पाश्र्व सङ्गीत रहेको छ।

सामीप्यराज तिमल्सेना र सरिन पोखरेलको लेखन रहेको यो चलचित्र कार्तिक २६ देखि प्रदर्शको तयारीमा छ।

प्रकाशित: २५ आश्विन २०८३ १८:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App