चलचित्र बलिदानले अमेरिकाको एएमसी सिनेमा चेनका दुई सयभन्दा बढि हलमा प्रदर्शन हुने र एक हजार शो पाउने अपेक्षा गरेको छ । यसअघि कुनै पनि नेपाली चलचित्र एएमसी चेनमा प्रदर्शन भएको छैन ।
एएमसी मात्र नभई सिनेमार्क, मार्कस र रेजलजस्ता अन्य प्रतिष्ठित अमेरिकी सिनेमा चेनहरुमा समेत चलचित्र बलिदान प्रदर्शन हुनेछ ।
आउँदो दशैँको फूलपातिमा रिलिजको तयारीमा रहेको बलिदानले अन्तर्राष्ट्रिय बजारमा उत्साहपूर्ण प्रदर्शन हुने दाबी निर्माण पक्षको छ । सन्तोष सेनको निर्देशनमा बनेको यो चलचित्रमा समीर भट्टलाई मुख्य भूमिकामा देखाइएको छ ।
बलिदानले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा, नयाँ उच्चाइमा पुर्याउने दाबी निर्माण पक्षको छ ।
यसअघि सार्वजनिक गरिएको पोस्टर तथा टिजरले नै चलचित्रप्रति व्यापक उत्साह जगाइएको छ । चलचित्रमा समीरका साथै सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रम पुरी, सन्तोष सेन लगायतको अभिनय रहेको छ । आशुसेन फिलम्सको प्रस्तुतिमा पवन ब्राडफोर्ड बिष्ट निर्माता र प्रम पुरी कार्यकारी निर्माता रहेको चलचित्र बलिदानलाई नेपाली चलचित्रको साहसी कदमको रुपमा लिएको छ ।
प्रकाशित: १६ भाद्र २०८२ १६:२९ सोमबार



-600x400.jpg)

