१ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml
कला/साहित्य

चलचित्र पत्रकार संघको अध्यक्षमा दोहरिए बलामी

चलचित्र पत्रकार संघको १० औँ महाधिवेशनमा अध्यक्ष पदमा समिर बलामी निर्वाचित भएका छन्। उनी अध्यक्ष पदमा दोस्रोपटक निर्वाचित भएका हुन् ।

उनी निकटतम प्रतिद्वन्द्वी जीवन पराजुलीलाई पछि पार्दै विजयी भएका हुन्। निर्वाचनबाट उपाध्यक्ष ‘संगठन’ मा रघुनाथ सापकोटा, उपाध्यक्ष ‘कार्यक्रम’ मा कुमार आचार्य निर्विरोध निर्वाचित भएका छन्, भने उपाध्यक्ष ‘महिला’ तर्फ दिपज्योति थापा छानिएकी छन्।

संघको महासचिवमा गोपीकृष्ण चापागाई, सचिवमा मदन रिजाल निर्वाचित भए। सचिव ‘समावेशी’ तर्फ महम्मद जालिम निर्विरोध चुनिएका छन् भने कोषाध्यक्षमा मनिष अन्जान, सह–कोषाध्यक्षमा अर्जुन गुरागाईं विजयी भएका छन्।

यस्तै, संघको सदस्य पदमा ८ जना सदस्यहरू निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित सदस्यहरूमा सोजना विक लोहार, सुशील नेपाल, रतनबहादुर चन्द, युवर्ण पौडेल, दिनेश थापा, नवीन चापागाईं, दिपराज क्षेत्री र सालिकराम न्यौपाने रहेका छन् ।

नयाँ कार्यसमितिले आगामी तीन वर्षका लागि चलचित्र पत्रकारिताको हकहित र उत्थानका लागि काम गर्नेछ ।

प्रकाशित: ६ वैशाख २०८३ १५:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App