१५ चैत्र २०८२ आइतबार
image/svg+xml
कला/साहित्य

‘बखान’ ले पायाे पुरस्कार

साहित्यकार वसन्त पराजुलीको उपन्यास ‘बखान’ ले यस वर्षको सहिद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार पाएकाे छ।

साहित्य सङ्गम चितवनले आयोजित कार्यक्रममा पराजुलीलाई २० हजार रुपैयाँ नगदसहित दोसल्ला, सम्मानपत्रले सम्मान अर्पिएकाे हो। त्यस अवसरमा वक्ताहरूले ‘बखान’ उपन्यासले स्थानीय मुद्दालाई राष्ट्रियस्तरमा स्थापित गरेको उल्लेख गर्दै कृतिले चितवनको सामाजिक यथार्थ बोकेको बताए।

प्राडा कर्ण बानियाँले वास्तविक घटनालाई आख्यानीकरण गर्दै पत्रकारिता र साहित्यको सुन्दर सङ्गम प्रस्तुत भएको बताए।

त्यस्तै कार्यक्रममा साहित्यकार बालकृष्ण थपलिया, भरतपुर महानगरपालिका प्रज्ञाप्रतिष्ठान परिषद् सदस्य प्रकाश चापागाई लगायतले कृतिबारे धारणा राखेका थिए।

साहित्यकार अनिल शर्मा ‘विरही’ ले ‘बखान’ ले विगतका बलिदानलाई वर्तमान आन्दोलन र उपलब्धिसँग जोड्दै यसको महत्त्व झल्काएको बताए।

पुरस्कृत पराजुलीका ‘बखान’ उपन्यासका साथसाथै ‘कुमाता’, ‘मोम्चो’ तथा अंग्रेजी कथासंग्रह ‘ड्रिमी आइज’ प्रकाशित छन्। उनी झण्डै दुई दशकदेखि पत्रकारितामा सक्रिय छन्।

प्रकाशित: १५ चैत्र २०८२ १२:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App