१६ भाद्र २०८३ मंगलबार
image/svg+xml
कला/साहित्य

विवाहको पाँच महिनामै बादशाहले गरे दोस्रो पत्नी ईशासँग सम्बन्धविच्छेद

बलिउड र्‍यापर बादशाह र पञ्जाबी अभिनेत्री ईशा रिखीले विवाह गरेको पाँच महिनामै एक–अर्काबाट अलग भएको घोषणा गरेका छन्। दुवैले सोमबार राति आफ्नो इन्स्टाग्राम पोस्ट गर्दै सम्बन्धविच्छेदको पुष्टि गरेका हुन्।

बादशाहले आफ्नो पोस्टमा यो निर्णय दुवैको आपसी सहमतिमा लिइएको बताएका छन्। उनले प्रशंसक तथा सञ्चारमाध्यमलाई यो समयमा आफ्नो गोपनीयताको सम्मान गर्न र कुनै पनि प्रकारका अनुमान नगर्न आग्रह गरेका छन्।

बादशाहले लेखेका छन्, ‘हाम्रो यो निर्णय आपसी सहमतिमा लिइएको हो। हामी सबैलाई यस समयमा हाम्रो गोपनीयताको ख्याल राख्न अनुरोध गर्छौं। यस विषयमा यो हाम्रो पहिलो र अन्तिम वक्तव्य हो। त्यसैले हाम्रो सम्बन्धलाई लिएर भविष्यमा कुनै पनि प्रकारका अनुमान नगरियोस्।’

ईशा रिखीले पनि आफ्नो इन्स्टाग्राम स्टोरीमा यही साझा गरेकी छन्। पञ्जाबी सिनेमामा लोकप्रियता हासिल गरेपछि ईशाले सन् २०१८ मा फिल्म ‘नवाबजादे’ बाट बलिउडमा डेब्यु गरेकी थिइन्। यस फिल्ममा राघव जुयाल, पुनीत पाठक र धर्मेश येलान्डे मुख्य भूमिकामा थिए।

ईशा रिखीले यसै वर्ष जुनमा इन्स्टाग्राममार्फत बादशाहसँग आफ्नो विवाह भएको पुष्टि गरेकी थिइन्।

यद्यपि विवाहपछि पनि दुवैले सार्वजनिक रूपमा एक–अर्काबारे धेरै कुरा गर्नबाट आफूलाई टाढा राख्दै आएका थिए।

यो बादशाहको दोस्रो सम्बन्धविच्छेद हो। यसअघि उनले सन् २०१२ मा जैस्मिन मसीहसँग विवाह गरेका थिए।

प्रकाशित: १६ भाद्र २०८३ ११:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App