बलिउड चलचित्र ‘बाघी-४’ ले राम्रो कमाई गरेको छ। भारत, नेपालका सिनेमा हलमा प्रदर्शन भइरहेको यो चलचित्रले उल्लेख्य दर्शकको साथ पाएको छ । चलचित्र सेप्टेम्बर ५ देखि प्रदर्शनमा आएको हो ।
अघिल्लो वर्ष चलचित्र ‘बाघी’ को अन्य च्याप्टरको प्रदर्शन उच्च रहेका कारण यसको च्याप्टर ४ सम्म पुगेको हो ।
निर्माता सब्बिर खानको चलचित्र ‘हिरोपन्ती’ बाट डेब्यु गरेका अभिनेता टाइगर श्राफको मुख्य भूमिका यो फिल्ममा छ।
यो चलचित्र लभ स्टोरी र एक्सनमा आधारित हो ।
टाइगरले सामाजिक सञ्जालमा बाघी-४ को व्यापार सार्वजनिक गरेका छन्। चलचित्रले विश्व भर अहिलेसम्म ८९ करोडको व्यापार गरेको छ। टाइगरले आफ्नो पोस्टमार्फत सम्पूर्ण दर्शकलाई धन्यवाद दिएका छन् ।
चलचित्रमा टाइगर श्राफ, संजय दत्त, हरनाज सन्धु, सोनम बज्वा जस्ता कलाकारको अभिनय छ। यसको निर्माता र पटकथा साजिद नाडियाडवाला हुन्।
प्रकाशित: ३० भाद्र २०८२ १८:३७ सोमबार





