३२ असार २०८३ बिहीबार
image/svg+xml
कला/साहित्य

स्रष्टा गणेश खड्काकाे ‘नक्शामा नभएको देश’ लाेकार्पण

साहित्यकार तथा अनेसास केन्द्रीय उपाध्यक्ष गणेश खड्काकाे नियात्रा-निबन्धसङ्ग्रह ‘नक्शामा नभएको देश’ लाेकार्पण भएकाे छ।

पूर्वी अफ्रिकी मुलुक सेसेल्सको राजधानी माहे आइल्याण्डस्थित, भिक्टोरियामा अफ्रिका लाेकार्पण भएको हाे।

एनआरएनए सेसेल्सका उपाध्यक्ष प्रेमबहादुर चन्दकाे अध्यक्षता तथा एनआरएनए अफ्रिका क्षेत्रीय संयाेजक मनाेज विककाे प्रमुख आतिथ्य तथा  एनआरएनए अफ्रिका क्षेत्रीय महिला संयाेजक खेसेना लिङ्देनकाे विशेष आतिथ्यमा कार्यक्रम भएकाे हाे।

कार्यक्रममा एनआरएनए सेसेल्सकी महिला उपाध्यक्ष पवित्रा भट्टराईले स्वागत मन्तव्य सहित उपस्थित सम्पूर्णलाई स्वागत गरेकी थिइन्।

प्रमुख अतिथिको आशनबाट बोल्दै एनआरएनए अफ्रिका क्षेत्रीय संयोजक मनोज विकले भने, नेपालीहरूको जानकारीमा निकै कम आएको र नक्शामा समेत नभएको देश सेसेल्स भ्रमणका क्रममा भोगेका र अनुभव गरेका विषयलाई कलात्मक ढङ्गले लेखेर पुस्तकको रूप दिई हामीसमक्ष ल्याएर स्रष्टा खड्काले गुन लगाउनुभएको छ। यो पुस्तक एउटा पुस्तकको रूपमा मात्रै नभएर एक ऐतिहासिक दस्तावेजका रूपमा आएकाले हरेक नेपालीले यसलाई सिरानीमा राख्नुपर्छ।

स्रष्टा खड्काले यो किताब लेख्न आफूलाई निकै मिहिनेत र दुख समेत गर्नुपरेको कुरा स्मरण गर्दै भने - आफू सेसेल्स भन्ने देशमा जागीर खान जान लागेको कुरा गर्दा कसैले नपत्याएको, यो सन्सारमा सेसेल्स भन्ने देश पनि छ र भनी सोधेको, यतिसम्म कि नक्शामा खोज्दा समेत सेसेल्स नामक देश नभेटेपछि यसको बारेमा खोजअनुसन्धान गरेर केही त लेख्नैपर्छ भनेर लागिपरेको र त्यसैको उपज आज "नक्शामा नभएको देश" पुस्तक प्रकाशन गर्न सफल भएको अनुभव र प्रसङ्ग सुनाए।

एनआरएनए सेसेल्स र अनेसास अफ्रिका महादेशीय च्याप्टरकाे संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा च्याप्टरका सदस्य कवि महेन्द्र भट्टराईले "नक्शामा नभएको देश" काे समीक्षात्मक परिचर्चा गरेका थिए।

त्यसैगरी कार्यक्रमकाे सहजीकरण अनेसास अफ्रिका  च्याप्टरका महासचिव कवि आरसी राई र सदस्य कवि गायत्री कुलुङले गरेका थिए।

प्रकाशित: २७ जेष्ठ २०८३ १०:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App