१८ चैत्र २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

आठ वर्षपछि आफ्नै घर फर्किए अशोक दर्जी

गायक अशोक दर्जी आठ वर्षपछि आफ्नौ घर फर्केका छन्। आठ वर्ष देखी संगीतकार टंक बुढाथोकीसँग बस्दै आएका उनी आफ्नौ घर फर्केका हुन्।

अशोक दर्जीलाई अभिभावकत्व दिँदै आएका संगीतकार  बुढाथोकीले सामाजिक सञ्जालमा यसबारे जानकारी दिँदै उनको उज्जवल भविष्यको कामना गरेका छन्।

बुढाथोकीले भनेका छन्–‘ शुभकामना, आशीर्वाद – अशोक दर्जी बाबु आज यो कुरा यहाँहरू सबैसँग साझा गर्न पाउँदा निकै खुसी लागेको छ । अब बाबु आफ्नै परिवारको निर्णय अनुसार, जिम्मेवारीसहित आफ्नो भविष्य र परिवारका लागि अगाडि बढ्न सक्षम भएका छन्।’

भगवानले जुराएका सो सम्बन्धलाई आफूले सकेसम्म पुरा गरेको बताउदै उनले अशोकलाई ‘हिरो’सम्म बन्ने हौसला, शिक्षा र मार्गदर्शन दिने क्रममा कुनै कमि हुन नदिएको उनबो भनाइ छ।  

विगत तीन–चार महिनादेखी अशोक आफ्नो परिवारसँग बस्दै आएका र झापामा पढाइ सुरु गरेका उनले बताए।

गायक दर्जीले टंक बुढाथोकीले निर्माण तथा निर्देशनमा बनेको चलचित्र ‘मन विनाको धन’ बाट कलाकारको रुपमा डेब्यु समेत गरेका थिए।

प्रकाशित: १६ चैत्र २०८२ ११:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App