साहित्यिक संस्था समन्वय समितिले भदौ १० गते भोटेकोशी बाढीबाट जीवन गुमाउनेहरूलाई सम्झिँदै सामूहिक श्रद्धाञ्जलि सभा गरेकाे छ।
पशुपतिकाे गुह्यश्वरी मन्दिरअघि बागमती नदीमा विभिन्न साहित्यिक संघसंस्था र स्रष्टाहरूले सामूहिक रूपमा दीप प्रज्वलन गरी उनीहरूप्रति १३ औँ दिनको पुण्य तिथिमा श्रद्धाञ्जलि अर्पण समेत गरेकाे थियाे।
शोकसभामा समन्वय समितिका संयोजक तथा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ र वरिष्ठ कलाकार मदनदास श्रेष्ठले कार्यक्रमको औचित्यसहित शोक मन्तव्य प्रस्तुत गरेका थिए। वक्ताहरूले संकटको समयमा सबै लेखक, कवि एक हुनुपर्नेमा जोड दिए।
नेपाली भाषा, साहित्य र कला क्षेत्रमा क्रियाशील करिव एक सय बढी संस्था संलग्न साहित्यिक संस्था समन्वय समितिको आयोजनामा कार्यक्रम भएको हो।
सहभागीहरूले दीयो तथा मैनवत्ती बाल्दै बाढीमा परी जीवन गुमाउनेहरू सम्झिंदै मृतात्माको शान्तिको कामना गरेका थिए। साथै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना समेत प्रकट गरेका थिए।
आजसम्म भोटेकोशी बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार तीन सय पचपन्न पुगेको छ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बिहान ११ बजेसम्मको विवरण अनुसार बाढी प्रभावित क्षेत्रबाट चार हजार नौ सय छ्यानब्बेभन्दा धेरै सम्पर्कविहीन छन्।
प्रकाशित: २४ भाद्र २०८३ १३:०९ बुधबार





-600x400.jpg)