जनवरीमा बलिउडका लोकप्रिय गायक अरिजीत सिंहले पाश्व गायनबाट सन्यासको घोषणा गरेका थिए। यद्यपि आमिर खानको निर्माणमा बनेको चलचित्र ‘एक दिन’ को गीतमा अरिजीतले स्वर दिएका छन्। उक्त गीत मंगलबार सार्वजनिक भएको छ।
यो गीत सार्वजनिक भएसँगै प्रश्न पनि उठिरहेको छ। पाश्व गायनबाट सन्यास लिएका उनले पाश्व गायनमा किन फर्किए भन्दै प्रश्न गरिरहेका छन्। अरिजीतले मंगलबार सामाजिक सञ्जालमा आफ्ना प्रशंसकहरूप्रति माया व्यक्त गर्दै यस कठोर संसारमा उनीहरूले देखाएको दयालुताका लागि धन्यवाद दिएका छन्।
साथै, नयाँ काम लिन रोकिएको भए पनि पहिलेका धेरै गीतहरू अझै पूरा गर्न बाँकी रहेको र ती क्रमशः रिलिज हुँदै जाने बताएका छन्। ती गीतहरू सम्भवतः यो वर्षभरि र अर्को वर्षसम्म पनि सार्वजनिक हुन सक्ने उनले उल्लेख गरे।
प्रकाशित: १३ फाल्गुन २०८२ १४:१९ बुधबार




-600x400.jpg)
