क्यानडाको सरेमा रहेको हास्य कलाकार कपिल शर्माको क्याप्स क्याफेमा फेरि गोलीबारी भएको छ। आक्रमणकारीहरूले क्याफेमा धेरै गोली चलाएको भिडियो सार्वजनिक भएको छ।
यो चार महिनामा क्याफेको तेस्रो आक्रमण हो। गोल्डी ढिल्लन र कुलदीप सिद्धूले आक्रमणको जिम्मेवारी लिएर आफूलाई ग्याङ्स्टर लरेन्स बिश्नोईको सहयोगी बताएका छन्।
आक्रमण बुधबार राति भएको थियो। सामाजिक सञ्जालमा कुलदीप र गोल्डीले भने, ‘हामी क्याप्स क्याफेमा तीनवटा गोलीकाण्डको जिम्मेवारी लिन्छौं। हाम्रो जनतासँग कुनै दुश्मनी छैन। विवाद भएकाहरू हामीबाट टाढा रहनुपर्छ। गैरकानूनी काम गर्नेहरू तयार रहनु।’ उनीहरूले बलिउडका धर्मविरोधी बोल्नेहरूलाई पनि धम्की दिँदै भने, ‘गोली जहाँबाट पनि आउन सक्छ।’
क्याफे यसअघि पनि दुईपटक आक्रमणमा परेको थियो। जुलाई १०, २०२५ मा भएको पहिलो गोलीबारीको जिम्मेवारी हरजीत सिंह लड्डीले लिएका थिए। उनले कपिलको कार्यक्रममा सिख समुदायको भावनामा चोट पुगेको दाबी गरेका थिए।
दोस्रो आक्रमण अगस्ट ७ मा भएको थियो, जसको जिम्मेवारी गोल्डी ढिल्लनले लिएका थिए। एजेन्सी
प्रकाशित: ३१ आश्विन २०८२ ११:५६ शुक्रबार





