३ श्रावण २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

चलचित्र ‘आकाश वर्षा’को घोषणा

निर्माता जनक घर्ती मगरले चलचित्र ‘आकाश वर्षा’को घोषणा गरेका छन्। टाइटल अनाउन्समेन्ट पोस्टर सार्वजनिक गर्दै जनकले नयाँ चलचित्र निर्माणको घोषणा गरेका हुन्। ‘मितज्यू’ हलबाट उत्रिएको छोटो समयमै उनले नयाँ चलचित्र निर्माणको घोषणा गरेका हुन्।

घोषणा पोस्टरमा आकासबाट हल्का वर्षा भइरहेको देखिएको छ। बादल, वर्षा र पृष्ठभूमिमा पहाड देखिन्छ। यसले मान्छको जीवनका दुःख, सुख र संघर्ष समेट्ने संकेत गरेको छ। विशेषगरी सिमसिम पानीले जिन्दगीको एक खुसीको पनि संकेत गर्छ ।

निर्माता जनकले भने, “हाम्रो यो चलचित्र विशुद्ध लभ स्टोरी जनरामा बन्नेछ ।”

पछिल्लो समय लभस्टोरी सिनेमा कमै मात्रै बनिरहेका बेला जनकले यो जनराको सिनेमा बनाउने भएका हुन् । उनले यसुअघि दुईवटा चलचित्र सोसल ड्रामा निर्माण गरेका थिए ।

निर्माता जनक स्वयंको परिकल्पना रहेको चलचित्रका लेखक अमीर मगर रहेका छन्। भने चलचित्रको कलाकार र प्राविधिक टिमबारे हाल केही पनि जानकारी गराइएको छैन।

जनकले यसअघि ‘घरज्वाइँ’ र ‘मितज्यू’ चलचित्र निर्माण गरेका थिए।  

चलचित्रलाई सुदीप भजुले निर्देशन गर्नेछन्। भने चलचित्रलाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले देशव्यापी वितरण गर्ने जिम्मेवारी लिएको छ।

प्रकाशित: ३१ असार २०८३ १६:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App