२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
कला/साहित्य

मलेसियाका सुल्तानसँगको बिहे भूल भएको भन्दै अमेरिकी गायिकाले मागिन् सम्बन्धविच्छेद

अमेरिकी गायिका ब्रिटनी पोर्टरले मलेसियाली सुल्तान मुहम्मद पाँचौँसँग अनजानमा विवाह गरेको दाबी गरेकी छिन्। ३० वर्षीया पोर्टरले यो सम्बन्धलाई ‘इन्गेजमेन्ट’ को उत्सव ठानेकी थिइन्, तर यो इस्लामिक ‘निकाह’ समारोह थियो जसले कानुनी रूपमा विवाह बन्धनमा बाँध्छ। अहिले उनी ‘सही सम्बन्धविच्छेद र माफी’ मागिरहेकी छन्।

पोर्टरका अनुसार जनवरी २०२४ मा न्यूयोर्कमा साझा साथीमार्फत सुल्तानसँग भेट भयो। ‘हामीबिच तुरुन्तै केमेस्ट्री भयो, मजाक र प्रेम बढ्यो,’ उनले भनिन्। उनीहरूले एसिया र संसारभरि लग्जरी यात्रा गरे, महँगा होटल र उपहारमा लाखौँ खर्च भयो। अप्रिलमा ओमान यात्रामा सुल्तानले प्रस्ताव राखे र इमामसहित धार्मिक समारोह भयो। पोर्टरले यसलाई ‘आशीर्वाद’ ठानेकी थिइन्, तर त्यो विवाह थियो। ‘मलाई इस्लामिक विवाहको प्रक्रिया थाहा थिएन,’ उनले साउथ चाइना पोस्टसँग भनिन्।

मलेसिया फर्केपछि ‘चे पूआन’ (शाही परिवारकी श्रीमतीलाई दिइने सम्मान) उपाधि दिइयो। उनीमाथि  ‘उत्तराधिकारी’ को अपेक्षा गरेर छिट्टै छोरा जन्माउने दबाब आयो। उनी गर्भवती भइन्, तर जुलाई २०२४ मा गर्भपतन भयो। ‘यो दर्दनाक थियो,’ उनले डेली मेललाई बताइन्। त्यसपछि खर्च र जीवनशैलीमा झगडा बढ्यो। अक्टोबरमा सुल्तानले सम्पर्क काटे, ब्लक गरे। उनले पोर्टरको साथीलाई ‘हामी छुट्टियौँ’ भने। पोर्टर मलेसिया गएकी थिइन्, तर सुल्तान सिंगापुर भागिसकेका थिए।

‘म अल्लाहको नजरमा अझै उनकी श्रीमती छु, तर यो उनको पुरानो नमुना हो,’ पोर्टरले भनिन्। ‘म उनको जालमा परेँ।’ सुल्तानले ‘तलाक’ (इस्लामिक विच्छेद) दिए/नदिएको उनलाई थाहा छैन।

मुहम्मद पाँचौँ सन् २०१० देखि केलान्टानका २९औँ सुल्तान हुन्। सन् २०१६–२०१९ सम्म मलेसियाको राजा थिए। यो उनको चौथो विवाह हो। पहिलो श्रीमती तेङ्कु जुबैदाहसँग सन् २००४–२००८ विवाह, दोस्रो सुल्तानाह नूर डायना पेट्रासँग सन् २०१० देखि अझै, तेस्रो रुसी मोडल ओक्साना भोएभोदिनासँग (छोरा पनि छ) सन् २०१८–२०१९ गरेका थिए।

पोर्टरले इन्स्टाग्राममा सहयोग मागेकी छिन्। यो घटना नोभेम्बर २०२५ मा बाहिरिएको थियो। एजेन्सी

प्रकाशित: २४ कार्तिक २०८२ १२:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App