९ फाल्गुन २०८२ शनिबार
image/svg+xml
कला/साहित्य

‘अक्षरमार्ग’ ले सम्झियाे सात वाङमयसेवी

‘अक्षरमार्ग’ ले नेपाली साहित्य, संस्कृति र इतिहासका क्षेत्रमा उल्लेखनीय योगदान गरेका सात सर्जकलाई सम्मान गरेको छ।

अक्षरमार्गको तेह्रौं वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा वाङमयको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने सर्जकहरूलाई सम्मान गरिएको हो।

काठमाडाैंमा आयोजित सम्मान सर्मपण कार्यक्रममा विष्णुहेम अक्षरमार्ग वरिष्ठ साधक सम्मानबाट साहित्यकार श्रीहरि फुयाल, श्रीराम स्मृति अक्षरमार्ग सम्मानबाट काजी रोशन सम्मानित भएका छन्।

त्यस्तै नरबहादुर अक्षरमार्ग स्रष्टा सम्मान: अन्जना वस्ती भट्टराई, कृष्णसुन अक्षरमार्ग साहित्यिक पत्रकार सम्मान शशी पन्थी, कृष्णदास अक्षरमार्ग स्रष्टा सम्मान: तिलकप्रकाश कायस्थ, ध्रुवमिरा अक्षरमार्ग मिराज प्रतिभा सम्मान : प्राडा तुलसी गाैतम, भरतराज अक्षरमार्ग काभ्रेली स्रष्टा समान: प्राडा सुमनराज ताम्राकार सम्मानित भएका हुन्।

स्रष्टाहरूलाई कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार तथा नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व कुलपति वैरागी काइँलाले सम्मान अर्पिएका थिए।

त्यस्तै प्रल्हाद केसी, राजेश श्रेष्ठ र ध्रुवकृष्ण ताम्राकारले सम्मानित सर्जकहरूलाई माला, टीका, मायाको चिनो र नगद प्रदान गरिएको थियो।

अक्षरमार्गले बर्सेनि वाङमय क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका स्रष्टाहरूलाई सम्मान गर्दै आएको छ।

उक्त कार्यक्रममा विशिष्ट अतिथि प्राडा गोविन्दराज भट्टराई, प्राडा लक्ष्मणप्रसाद गौतम, साहित्यकार सूर्य लाकोजू , प्राडा कुमार कोइराला, वियोगी बुढाथोकी, विजय कर्माचार्य लगायतले मन्तव्य प्रस्तुत गरेका थिए।

प्रकाशित: १५ भाद्र २०८२ ११:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App