विनयराज पौडेलको निर्देशनमा बनेको चलचित्र ‘अक्षरा’ले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) बाट युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको छ। २ घण्टा १४ मिनेटको चलचित्रलाई सेन्सर बोर्डले युनिभर्सल सर्टिफिकेट पाएको छ।
यो सर्टिफिकेट पाएसँगै ‘अक्षरा’ लाई सबै उमेर समूहका व्यक्तिले हेर्न पाउने छन्।
‘अक्षरा’मा कलाकार सुशील सिटौला र न्यान्सी खड्का मुख्य भूमिकामा छन्। उनीसँगै सुशील पोखरेल, अंशु महर्जन, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी, सुमन ज्योति न्यौपाने (ल्याग्री दादा), सृष्टि खड्का, बालकलाकार रोनक खड्का र प्रीसा ढुंगानालगायतको अभिनय छ।
निर्माता उग्रसेन स्वयंको कथा रहेको चलचित्रको पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलले संयुक्त रूपमा तयार पारेका हुन्। ‘अक्षरा’ भने भदौ २६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।
प्रकाशित: २३ भाद्र २०८३ १३:०६ मंगलबार





