१४ असार २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

अजय आरएनको साङ्गीतिक कोसेली ‘पिर दियौ’ सार्वजनिक

गायक अजय आरएन र चर्चित गायिका शान्ति श्री परियारको सुमधुर स्वरमा सजिएको नयाँ लोकआधुनिक गीत ‘पिर दियौ’ सार्वजनिक भएको छ।

प्रेममा पाइने बिछोड र भावनात्मक पीडालाई समेटेर तयार पारिएको यस गीतको म्युजिक भिडियो युट्युबमार्फत दर्शकमाझ ल्याइएको हो।

भुवन बिकको शब्द रचना रहेको यस गीतमा स्वयं गायक अजय आरएनले सङ्गीत भरेका छन् भने भुवन बिकले नै सङ्गीत संयोजन गरेका हुन्।

गीतको रेकर्डिङ गोविन्द अनेकले गरेका हुन् भने कमल थापाले प्रि-मिक्स र श्यामश्वेत रसाइलीले मिक्सिङ तथा मास्टरिङ गरेका छन्।

म्युजिक भिडियोमा अजय आरएन, नारायणी खत्री र गोविन्द पहाडीको त्रिकोणात्मक अभिनय देख्न सकिन्छ। मुकेश नेपालीको निर्देशन तथा कोरियोग्राफीमा तयार पारिएको भिडियोमा प्रेमका अनेकौँ उतारचढाव र भावनात्मक पक्षलाई समेटिएको छ।

भिडियोलाई बुद्ध थापाले छायाङ्कन गरेका हुन् भने नवीन घर्ती मगरले सम्पादन गरेका छन्। एडभेन्चर इन्टरटेन्मेन्टले पोस्ट प्रोडक्सन गरेको यस भिडियोको निर्माण व्यवस्थापन माधव राउतले गरेका हुन् भने कलाकारहरूको शृङ्गार सरिता मगरले गरेकी छिन्।

ग्रामीण परिवेश र मौलिक दृश्यहरूलाई कैद गरिएको यस गीतले सार्वजनिक भएको छोटो समयकै सकारात्मक प्रतिक्रिया पाएको छ।

प्रकाशित: १३ असार २०८३ १८:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App