४ चैत्र २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

चलचित्र 'परान' हेरेपछि सञ्चारमन्त्री खरेल भन्छन् : परान सासले होइन, साथले चल्छ

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलसहित मन्त्रालयका कर्मचारी, राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिका सदस्यहरूले शुक्रबार नेपाली फिल्म ‘परान’ हेरेका छन्।

दीपक आचार्यद्वारा निर्देशित चलचित्र ‘परान’को विशेष प्रदर्शनसहित ‘नेपाली चलचित्रको वर्तमान अवस्था तथा चलचित्र क्षेत्रमा गर्नुपर्ने सुधार सम्बन्ध’ बारे आयोजित छलफल कार्यक्रममा मन्त्री खरेलले परान ‘सासले होइन साथले चल्छ’ भन्ने चलचित्रको नाराले आमाबाबुको वास्तविक भावना झल्काउने बताए। उनले चलचित्रको कथा, पटकथा उत्कृष्ट रहेको र पात्रहरूमार्फत व्यक्त गरिएका संवादले दर्शकलाई गहिरो रूपमा छुने धारणा व्यक्त गरे।

मन्त्री खरेलले ३४ वर्षअघि ७६ वर्षीय बुबासँग रञ्जना हलमा चलचित्र ‘कोसेली’ हेरेपछि, अहिले फेरि उनीसँगै 'परान' हेर्न आएको स्मरण गरे। उनले २०२६ सालमा बनेको ऐनले अहिलेसम्म चलचित्र बनाउने काम निर्दिष्टि गरिरहेको धारणा व्यक्त गरे।

राष्ट्रिय सभाको विधायन समितिमा यतिबेला प्रस्तावित चलचित्र विधेयकमाथि दफावार छलफल चलिरहँदा विभागीय मन्त्रीसहित समितिका सदस्यहरूले चलचित्र परान हेरेका हुन्। सञ्चारमन्त्री खरेलसहितको टोलीले टिकट काटेर फिल्म हरेको हो। उनले नेपाली चलचित्रलाई प्रोत्साहन गर्न आफूहरूले पैसा तिरेर चलचित्र हेर्न आएको बताए।

सञ्चारमन्त्री खरेलले सरकारले चलचित्र क्षेत्रलाई सहजीकरण गर्नुपर्ने बताए। उनले नेपाली चलचित्रलाई राष्ट्रिय उद्योगको रूपमा विकास गर्न जरुरी रहेको औँल्याए।

प्रकाशित: १३ मंसिर २०८२ ०७:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App