५ श्रावण २०८३ मंगलबार
image/svg+xml
कला/साहित्य

'कबड्डी ४'की अभिनेत्री गौमायाले बेलायतमा गरिन् प्रेमीसँग विवाह

अभिनेत्री गौमाया गुरुङ प्रेमी दीवससँग वैवाहिक बन्धनमा बाँधिएकी छिन्। उनले नजिकका केही साथी तथा प्रियजनहरूको उपस्थितिमा बेलायतमा पारम्परिक सांस्कृतिक अनुसार विवाह गरेकी हुन्।

सामाजिक सञ्जालमा केही तस्बिर सार्वजनिक गर्दै उनले विवाहबारे जानकारी गराएकी हुन्। उनी हालै प्रदर्शनमा आएको चलचित्र ‘सेफ अफ मोमो’ मा देखिएकी थिइन् भने ‘कबड्डी ४’, ‘महाभोज’, ‘रमिताका पिरती’ र ‘रीमै’ जस्ता चलचित्रमा उनले काम गरिसकेकी छिन्।

सन् २०११ मा ‘मिस यूके नेपाल’ को उपाधि जितेर चर्चामा आएकी गौमायाले बीबीसीको ‘ब्ल्याक नार्सिसस’ (२०२०) बाट आफ्नो अभिनय यात्रा सुरु गरेकी थिइन्। उनलाई सामाजिक सञ्जालमा धेरैले शुभकामना दिइरहेका छन्।

प्रकाशित: ५ श्रावण २०८३ ११:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App