१७ भाद्र २०८३ बुधबार
image/svg+xml
कला/साहित्य

अभिनेत्री बेनिशाले गरिन् एक लाख ११ हजार सहयोग

बुधबार आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि अभिनेत्री बेनिशा हमालले सहयोगको हात अगाडि बढाएकी छन्।

उनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा एक लाख ११ हजार रुपैयाँ सहयोग गरेकी हुन्।  

सामाजिक सञ्जालमा लेख्दै उनले सोमबार आफ्नो कम्पनी मौरी पिक्चर्सको तर्फबाट कोषमा उक्त सहयोग जानकारी दिइन्।

‘यो कठिन र विनाशकारी समयमा मौरी पिक्चर्सको तर्फबाट प्रधानमन्त्रीको विपद् राहत कोषमा सानो योगदान,’ उनले आशा व्यक्त गर्दै भनिन्, ‘हाम्रो सानो योगदानले यस विपदबाट प्रभावितहरूलाई केही सहयोग पुर्‍याउन सक्छ।’

प्रकाशित: १६ भाद्र २०८३ १३:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App