१० चैत्र २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन

समाचार एजेन्सी आईएएनएसका अनुसार भारतीय वरिष्ठ अभिनेता धर्मेन्द्रको निधन भएको छ। ८९ वर्षीय धर्मेन्द्रले सोमबार दिउँसो १ बजेतिर आफ्नो घरमा अन्तिम सास फेरे।

यसअघि नोभेम्बर ११ मा धर्मेन्द्रको मृत्यु भएको खबर बाहिर आएको थियो, तर हेमा मालिनी र ईशा देओलले उक्त रिपोर्टलाई खारेज गर्दै असन्तुष्टि व्यक्त गरेका थिए। धर्मेन्द्रलाई नोभेम्बर १० मा ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो। अभिनेता नोभेम्बर १२ मा डिस्चार्ज हुनुभन्दा पहिले दुई दिनसम्म भेन्टिलेटरमा थिए।

यस्तै, भारतीय सञ्चार माध्‍यम एबिपी न्युजका अनुसरा धर्मेन्द्रको निधनको खबर आएपछि, धेरै बलिउड स्टारहरू अभिनेतालाई अन्तिम श्रद्धाञ्जली दिन श्मशानघाटमा पुगेका छन्। अमिताभ बच्चन, उनका छोरा तथा अभिनेता अभिषेक बच्चन पनि स्वर्गीय अभिनेतालाई अन्तिम बिदाइ दिन पुगेका थिए।

करण जोहरले धर्मेन्द्रको निधनको पुष्टि गर्दै आफ्नो आधिकारिक सामाजिक सञ्जाल खाता मार्फत उनलाई श्रद्धाञ्जली अर्पण गरे।

प्रकाशित: ८ मंसिर २०८२ १४:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App