२२ मंसिर २०८२ सोमबार
image/svg+xml
कला/साहित्य

‘अभिमन्यु’ काे नयाँ पोस्टर सार्वजनिक

चलचित्र ‘अभिमन्यु: च्याप्टर १’ मंसिर १८ गतेबाट प्रदर्शनमा आउँदैछ। विभिन्न कारणले पटकपटक प्रदर्शन मिति स्थगित हुँदै आएको यो सिनेमालाई दर्शकले मंसिर १८ गतेबाट हेर्न पाउने भएका हुन्।

यसै क्रममा यो चलचित्रको नयाँ पोस्टर निर्माणपक्षले आज सार्वजनिक गरेको छ। पोस्टरमा चलचित्रका अधिकांश कलाकार छन्। कामेश्वर चौरसिया, लक्ष्मी बर्देबा, किरण श्रेष्ठ, सरिता गिरी, शिशिर बाङदेल, गौमाया गुरुङ, प्रकाश दाहाल लगायत कलाकार पोस्टरमा अटाएका छन्।

सबै कलाकार क्यारेक्टर लुक्समा छन्। कामेश्वर साइकलका छन्। अरू कलाकार आआफ्नै क्यारेक्टर लुक्समा छन्। कुन कलाकारको यो चलचित्रमा कस्तो लुक्स छ भन्ने यो पोस्टरले प्रष्ट पारेका छ।

सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको यो चलचित्र नेपाली र हिन्दी दुवै भाषामा नेपालभरका साथै भारत र विश्वव्यापी रूपमा प्रदर्शन गरिँदै छ।

चलचित्र प्राविधिक र कथानक दुवैमा बलियो रहेको निर्माणपक्षले दाबी गर्दै आएको छ। तराईको सेटअपमा रहेको सिनेमाले तराईको कथा भन्ने संकेत गरेको छ। जुन सिनेमाका मुख्य कलाकार कामेश्वर र लक्ष्मीको हुलियाले पनि प्रष्ट पार्छ।

सुशान्त गौतमले निर्देशन गरेको ‘अभिमन्यु : च्याप्टर १’को क्रिएटिभ निर्देशक मदन थापा हुन्। यस चलचित्रमा मुकेश खनालको लेखन छ।

‘अभिमन्यु : च्याप्टर १’ का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन्। रमेश चौलागाईं र हरि श्रेष्ठ सहनिर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन्। यो सिनेमाको लाइन प्रोड्युसरमा जीवन शाक्य रहेका छन्।

शरद महतोको डिओपी रहेको यस चलचित्रमा मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रंग संयोजन, मदन घिमिरेको सम्पादक रहेको छ।

प्रकाशित: ३० कार्तिक २०८२ १३:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App