३ माघ २०८२ शनिबार
image/svg+xml
कला/साहित्य

सुनीलको ‘क्यारीकेचर’ देखेर दंग आमिरले भने : आफैंलाई हेरिरहेको जस्तो लाग्यो

‘द ग्रेट कपिल शर्मा शो’को गत शनिबारको एपिसोडमा हास्य कलाकार सुनील ग्रोभरले आमिर खानको भेष धारण गरेर उनको उत्कृष्ट नक्कल ‘क्यारीकेचर’ गरेका थिए। उनको नक्कल फ्यानहरूलाई मात्र नभएर आमिर खानलाई पनि धेरै मन पर्यो।

बलिउड हंगामासँगको अन्तर्वार्तामा आमिर खानले भने, ‘म यसलाई नक्कल पनि भन्दिनँ। यो यति वास्तविक थियो कि मलाई लाग्यो कि म आफैंलाई हेरिरहेको छु। मैले यसको सानो क्लिप देखेको छु। अब म पूरा एपिसोड हेर्न जाँदैछु। तर मैले जे देखेँ त्यो अमूल्य थियो। म यति जोडले हाँसेको थिएँ कि म सास फेर्न सकिन।’

उनले सुनील ग्रोभरको नक्कलमा कुनै आपत्ति नभएको बताए। ‘कुनै खराब नियत थिएन। म सबैभन्दा बढी हाँसे,’ उनले थपे।

उक्त एपिसोडमा अभिनेता कार्तिक आर्यन र अभिनेत्री अनन्या पाण्डे पाहुना थिए। सुनीलले आमिरको विमानस्थल लुकमा जया बच्चनको पापाराजीप्रतिको टिप्पणीको पनि मजाक गरेका थिए। जया बच्चनले भनेकी थिइन् कि पापाराजीले फोहोर पाइन्ट लगाउँछन्। 

सुनीलले आमिरको नक्कल गर्दै पापाराजीहरूलाई हेरेर भने, ‘तिमीले राम्रो लुगा लगाएका छौ। आज तिम्रो पाइन्ट राम्रो छ।’ 

फ्यानहरूले सुनील ग्रोभरको नक्कलको धेरै प्रशंसा गरेका छन्। कतिपयले यसलाई एआईसँग पनि तुलना गरेका छन्। 

प्रकाशित: २६ पुस २०८२ १४:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App