राष्ट्रकवि माधवप्रसाद घिमिरेको नाममा स्थापित पुरस्कार नियमित रूपमा प्रदान गर्ने उद्देश्यले २७ लाख रूपैयाँको अक्षयकोष स्थापना भएको छ। मर्स्याङ्दी वाङमय प्रतिष्ठानका अध्यक्ष विजयराज न्यौपानेको अध्यक्षतामा भएको बैठकले उक्त निर्णय गरेको हो।
अक्षयकोषका लागि राष्ट्रकविकी धर्मपत्नी महाकाली घिमिरेले १६ लाख रूपैयाँ र परिवारका अन्य सदस्यले उक्त रकम प्रदान गरेका हुन्। प्रत्येक वर्ष राष्ट्रकविको जन्मजयन्तीको अवसर पारेर असोज ७ गते एक साहित्यकारलाई एक लाख नगद पुरस्कार प्रदान गरिने प्रतिष्ठानका कोषाध्यक्ष लक्ष्मण थापाले बताए। यसअघि कोषमा १६ लाख रूपैयाँ मौज्दात थियो।
प्रकाशित: १५ भाद्र २०८२ १३:२५ आइतबार





