७ चैत्र २०८२ शनिबार
image/svg+xml
कला/साहित्य

‘एक मुठ्ठी बादल’ को प्रदर्शन मिति घोषणा

साहारा शर्माको निर्देशन तथा लेखनमा बनेको चलचित्र ‘एक मुठ्ठी बादल’ को प्रदर्शन मिति घोषणा भएको छ।

तीन पुस्तादेखिको भावनात्मक उतारचढावलाई प्रस्तुत गर्ने चलचित्रमा तीव्र गतिमा परिवर्तनशील नेपाली समाजको पृष्ठभूमिमा परिवारका सदस्यबिचको अपेक्षा, त्याग र व्यक्तिगत आकांक्षालाई रोचक शैलीमा प्रस्तुत गरिएको छ।

चलचित्रमा आँचल शर्मा, निशा शर्मा, उषा रजक,शेखर चापागाईं मनिष निरौला, सहयोग अधिकारी, गौरव विष्ट, भीमा मैनाली, अस्मिता गौतम, अविरलप्रताप अधिकारीको अभिनय छ।

निर्माण कम्पनी गौथली इन्टरटेनमेन्टले अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर नेपाली फिचर चलचित्र आउँदो वर्षको जेठ १ गतेदेखी प्रदर्शन हुने जनाएको छ। लगभग सम्पूर्ण विधामा महिलाको नेतृत्व रहेको फिल्मलाई गौंथली इन्टरटेनमेन्ट र मन प्रडक्सन मिलेर निर्माण गरेका हुन्।  

चलचित्रलाई नेपालमा आरआर फिल्म्सले वितरण गर्नेछ। यो चलचित्रलाई अभिमन्यु दीक्षितले निर्माण गरेका हुन् भने निकुन श्रेष्ठ कार्यकारी निर्माताको रूपमा छन्। चलचित्रको सम्पादन भने भारतीय सम्पादक दीपा भाटियाको छ ।

प्रकाशित: २४ फाल्गुन २०८२ १८:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App