४ चैत्र २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

भारतीय प्रधानमन्त्री मोदीको बन्दै बायोपिक बन्दै: नाम ‘मां वंदे’ राखियो

प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनको अवसरमा प्रोडक्सन हाउस कास्ट क्रिएशंसले नयाँ चलचित्र ‘मां वदें’ निर्माणको घोषणा गरेको छ। वीर रेड्डीले मोदीको बायोपिकमा बनाउनेछन् ।

चलचित्रमा मलयालम अभिनेता उन्नी मुकुंदनले मोदीको अभिनय गर्नेछन्। उन्नीले पछिल्लो समय चलचित्र ‘मार्को’ मा काम गरेका छन् । छायाङ्कन क्रांति कुमारले गर्नेछन्।

चलचित्र मोदीको जीवन यात्रामा आधारित हुनेछ, जसमा मोदीको बाल्यकालदेखि देशको प्रधानमन्त्री बने सम्मको यात्रालाई देखाइने छ।

यसमा मोदी र उनकी आमा हीराबेनको सुमधुर सम्बन्धलाई देखाइने छ।

यो चलचित्रमा एडभान्स भिएफएस प्रदर्शन गरिनेछ। यो पुरै भारतमा सार्वजनिक हुनेछ । हिन्दी र अङ्ग्रेजीमा बनाईने छ।

चलचित्रको छायाङ्कन केके सेंथिलले गर्नेछन् । जसले बाहुबली जस्ता ब्लकबस्टर फिल्म बनाएका छन्। सङ्गीत रवि बसरुरको रहनेछ भने सम्पादन श्रीकर प्रसादले गर्नेछन् ।  

चलचित्रको उत्पादक डिजाइन साबु सिरिल र सोलोमनबाट हुनेछ ।

प्रकाशित: १ आश्विन २०८२ २१:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App