२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

गरियो चेतन कार्कीको सम्झना

चेतन कार्की प्रतिष्ठान (तदर्थ समिति)ले वरिष्ठ चलचित्र निर्देशक, संस्कृतिविद् एवं गीतकार चेतन कार्कीको पचासीऔं जन्मजयन्ती कार्यक्रम सम्पन्न गर्‍यो।

नेपाल प्रज्ञाप्रतिष्ठानका निमित्त कुलपति वरिष्ठ संस्कृतिविद् डा. जगमान गुरुङको प्रमुख आतिथ्यमा आयोजित सो कार्यक्रम चेतन कार्की प्रतिष्ठान (तदर्थ समिति) की अध्यक्ष वरिष्ठ नायिका मिथिला शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो।

कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका निमित्त कुलपति डा.जगमान गुरुङ, अध्यक्ष मिथिला शर्मा, वरिष्ठ नृत्यकार भैरवबहादुर थापा, चेतन कार्की प्रतिष्ठानकी संरक्षक श्रीमती गंगा कार्की, वरिष्ठ साहित्यकार डा. महेश्वर शर्मा, वरिष्ठ चलचित्र निर्देशक लक्ष्मीनाथ शर्मा, वरिष्ठ इतिहासविद डा. सुरेन्द्र केसी लगायतले चेतन कार्कीको योगदानबारे चर्चा गरेका थिए।

यसैगरी संस्थाका उपाध्यक्ष वरिष्ठ कलाकार मोहन निरौलाले स्वागत मन्तव्य, सदस्य राधेश्याम लेकालीले कार्यक्रमको उद्देश्य र महत्वमाथि प्रकाश र महासचिव मुरारि सिग्देलले कार्यक्रमको सञ्चालन गरेका थिए।

कार्यक्रममा गीतकार वरिष्ठ  किरण खरेल, वरिष्ठ नायकहरू कृष्ण मल्ल र सरोज खनाल, नायिका भुवन चन्द थापा, नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने, चेतन कार्की प्रतिष्ठान गण्डकी समितिका अध्यक्ष दुर्गा शाह बाबा लगायत विशेष अतिथिको रूपमा रहेका थिए।

कार्यक्रममा वरिष्ठ गायकहरू रितु कँडेल, विमला राई र नारायण ओलीले चेतन कार्कीका चर्चित गीतहरू गाएका थिए। 

प्रकाशित: २३ कार्तिक २०७९ ०५:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App