२२ मंसिर २०८२ सोमबार
image/svg+xml
कला

छुट्टिए अनुराग र कल्की

मुम्बई– फिल्म ‘बम्बे भेल्भेट’को असफलताको पीडाबाट उम्किन नपाउँदै निर्देशक अनुराग कश्यपले अर्को दुःखद घटाना सामना गर्नुपरेको छ । पत्नी तथा अभिनेत्री कल्की कोच्लिनसँग उनको सम्बन्धविच्छेद भएको छ । सम्बन्धविच्छेदका लागि विगत सात महिनादेखि चलिरहेको मुद्दाको सोमबार किनारा लागेको छ । सन् २०११ मा विवाह गरेका जोडीले सन् २०१४ को अक्टोबरमा छुट्टिनका लागि अदालतमा निवेदन दिएका थिए।

अनुराग र कल्कीको भेट सन् २००८ मा फिल्म ‘देव डी’को सुटिङका क्रममा भएको थियो । त्यसयता करिब तीन वर्ष ‘लिभ इन रिलेसनसिप’मा रहेका उनीहरुले सन् २०११ मा विवाह गरेका थिए । तर फेरि तीन वर्ष बित्न नपाउँदै कल्कीले अनुरागको घर छाडेर बेग्लै बस्न थालेकी थिइन् । अभिनेत्री हुमा कुरेसी दुवैको सम्बन्धमा आएको तिक्तताको कारण रहेको चर्चामा आए पनि कल्की आफैंले आफू र अनुरागको सम्बन्ध बिग्रनुमा हुमाको हात नभएको बताएकी थिइन् ।

छुट्टाछुट्टै बस्दै आए पनि दुवैले स्वस्थ्य सम्बन्ध निर्वाह गरिरहेका थिए । केही दिनअघि मात्र अनुरागले कल्कीलाई गुमाउनु आफ्नो जीवनको सबैभन्दा ठूलो भूल रहेको स्विकारेका थिए । ‘कल्की महान् अभिनेत्री हुन् । हामी बीचमा के भयो र के कारणले छुट्टिनु पर्‍यो हामीबीच नै रहनेछ । तर उनले मलाई उनको जिन्दगीका ६ वर्ष दिएकी छिन् । म उनको व्यक्तित्वको सम्मान गर्छु र उनले मेरो जीवन साँच्चिकै परिवर्तन गरिदिएकी छिन् । हामी अलग हुनुमा म नै दोषी छु । म सम्बन्ध निर्वाह गर्न सक्दो रहेनछु,’ अनुरागले भनेका छन् ।
अनुरागले ‘ग्यांग्स अफ वासेपुर’, ‘पाँच’, ‘ब्ल्याक फ्राइड’, ‘नो स्मोकिङ’ जस्ता फिल्म निर्देशन गरेका छन् भने कल्किले ‘देव डी’, ‘शैतान’, ‘जिन्दगी ना मिलेगी दोबारा’, ‘ये जवानी है दिवानी’ जस्ता फिल्ममा अभिनय गरेकी छिन् ।

प्रकाशित: ५ जेष्ठ २०७२ २०:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App