१४ चैत्र २०८२ शनिबार
image/svg+xml
कला

पल शाहले कारागारमै लगाए भाइटीका

फाइल तस्बिर।

कारागारमा रहेका अभिनेता पल शाहले भाइटीका लगाएका छन्। यौन दुर्व्यवहार गरेको आरोपमा दुई वर्ष छ महिना सजाए पाएका शाहले कारागारमै भाइटीका लगाएको तनहुँ कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले बताए।

शाहका विरुद्ध गत फागुन ११ गते नाबालिगका बुबाले जाहेरी दिएका थिए। शाहविरुद्ध सोही प्रकृतिको जाहेरी नवलपुरमा समेत परेको थियो।  

शाहविरुद्ध परेको जाहेरीमा नवलपुर जिल्ला अदालतले गत भदौ २१ गते यौन दुर्व्यवहारमा गरेको आरोपमा दुई वर्ष छ महिना कैद सुनाएको थियो। साथै, पीडितलाई १० लाख क्षतिपूर्ति र २५ हजार रुपैँया जरिवाना अदालतले तोकेको छ। तनहुँ जिल्ला अदालतमा भने शाहविरुद्धको मुद्दा कायमै छ।

प्रकाशित: ११ कार्तिक २०७९ ०७:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App