१९ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

आइसक्रिम

लघुकथा

गजल आचार्य

‘मामू, मलाई आइसक्रिम चाहियो?’

मेरो यस प्रश्नमा मामूको जवाफ थियो;‘मलाई फुर्सद छैन।’

मेरो कुरा थियो, ‘फुर्सदसँग मतलब भएन पैसा र अनुमति भए पुग्छ।’

‘त्यो सबै दिउँला तर मसँग एकरत्ति समय छैन। म भएको समय नष्ट पार्न चाहन्न।’

मामूको कुराले म झर्कंदै बोलें, ‘बांगा कुरा झिकेर साढे तीन वर्षे अबुझ भाइलाई छक्याए जस्तो नगर्नुस् न।’

प्रष्ट पार्दै मामूले भन्नुभयो, ‘बुझ्झकी छोरीसँग बुझ्झकी कुरा गरेकी मैले। आइसक्रिम खाएपछि दाँत खराब हुन्छ। तिमीलाई दन्त अस्पताल लानुपर्छ। त्यसो गर्न मसँग समय छैन।’

कक्षा-५, 

श्री जनता प्राविधिक मावि, गोलबजार ४, सिरहा।

प्रकाशित: २३ आश्विन २०७९ ०८:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App