१६ चैत्र २०८० शुक्रबार
कला

नेपालमा 'प्रेमगीत ३' को हिन्दी भर्सन घटस्थापनादेखि प्रदर्शन हुने

नेपालमा प्रेमगीत ३ को हिन्दी भर्सन (असोज ७) शुक्रबारका दिन प्रदर्शन नहुने भएको छ। विश्वभर एकसाथ प्रदर्शन हुन लागेको प्रेमगीत ३ को हिन्दी भर्सन नेपालमा भने शुक्रबारबाट रिलिज नहुने भएको हो।  

विभिन्न प्राविधिक कारणले प्रेमगीत ३ हिन्दी भर्सन एक/दुई दिन रिलिज गर्न नसक्ने स्थिति सृजना भएको निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी दिए। उनले नेपालमा  प्रेमगीत ३ काे हिन्दी भर्सन घटस्थापनाकाे दिन देखी (असोज १०) नेपालभर प्रदर्शन हुने बताए। 

उता भारतमा भने प्रेमगीत ३ हिन्दी भर्सन शुक्रबार नै रिलिन हुनेछ। प्रदर्शन हुनुअघि नै भारतीय सिनेमाघर हाउस फुल हुने देखिएको छ। अग्रिम टिकट बुकिङले भारतीय सिनेमा घर पनि हाउस फुल हुने देखिएको निर्देशक सेनले जानकारी दिए।

प्रकाशित: ६ आश्विन २०७९ १२:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App