गायक कुशल बेल्बासे र पूर्ण कला बिसीको स्वरमा सजिएको ‘ए मुना’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
गीतमा नन्दु परियारको संगीत, ओम सेन्चुरीको शब्द, महेन्द्र भण्डारीको एरेन्ज र खडक बाजुरालीको मिक्सिङ रहेको छ। त्यसैगरि गीतको सार्वजनिक भिडियोमा राजु महोत्रा र खुसी थापाको अभिनय रहेको छ।
गीतमा गाउँले परिवेशका चित्रहरूलाई भिडियोमा प्रस्तुत गरिएको छ। आफ्नो घर र प्रियसीको साथ छाडेर भारतीय सेनामा भर्ती हुन जानु अगिको कथालाई प्रस्तुत गरिएको छ।
भावुक शैलिमा तयार भएको भिडियोमा दिपक विष्टको सम्पादन र राजु महोत्राको निर्देशन रहेको छ।
प्रकाशित: २ आश्विन २०७९ ०९:१८ आइतबार