२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

डा.थापाको ‘सन्तापको धून’ लोकार्पण

कथाकार डा.अशोक थापाको ‘सन्तापको धून’ कथासंग्रह नेपाल प्रज्ञाप्रतिष्ठानमा एक विशेष समारोह बीच लोकार्पण भएको छ। प्रमुख अतिथि तथा अतिथिहरू प्राडा गोविन्दराज भट्टराई, प्राडा खगेन्द्र लुईंटेल, डा. ज्ञानु पाण्डे, डा.नेत्र एटम तथा स्रष्टाले सामुहिक रूपमा लोकार्पण गरेका हुन्।

डा. ज्ञानु पाण्डे र डा. नेत्र एटमले कृतिबारे बोलेका थिए।

डा.पाण्डेले धून धेरै किसिमका हुन्छन्। धूनहरूमा हामीले आनन्द लिन सक्नुपर्छ। हरेक किसिमका धूनहरूले जीवनलाई घेरेको छ। सन्तापको धून पुस्तक प्रतिकारात्मक र पठनीय भएको बताइन्। साथै कथाका पंक्तिहरू हृदयस्पर्शी रहेको पनि उनले बताइन्।

यस्तै डा. नेत्र एटमले डा.थापाका कथामा सामाजिक यथार्थता रहेको बताए। कथामा सन्त्रास तथा सन्तापको धून छ। कथा शिल्प कलात्मक छन्। कथाहरू मर्मस्पर्शी र यथार्थवादी छन्। सैद्धान्तिक स्वरूपअनुसार कथामा लोक वैचारिकता र निबन्धको संयोजन रहेको हुन्छ।

दुःखान्त कथाले धेरै पछिसम्म छुने र सुखान्त कथा बिस्तारै हराउँदै जाने पनि उनले बताए।

प्रकाशित: २२ भाद्र २०७९ ०३:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App