२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

माकुरी जाल

कविता

भिम राई (माक्पाली कान्छा)

 

माकुरी उड्छ

थाहा छैन धैरैलाई

उडेर नै बुन्ने हो उस्ले जालो

हेर्दा सानो

मेहेनत कति छ

हेरूँ त उसको घर

कला-बुट्टा

कोठा-चोटा सिंगार

माकुरा सिपालु इन्जिनियर

सानो फुर्तिलो

चलाख तेजिलो

कति कडा कलात्मक परिश्रम

घेरा बनाउँछ

आफैं रमाउन

बनाउँछ सुन्दर संसार

घेरिएपछि माकुरा

जन्माउन थुप्रै बच्चा

बोक्छ पिठिउँमा अण्डाहरू

फुट्छ एक दिन

निस्किन्छन् बचेराहरू

रमाउँदै जालोहरूमा

घेरिन्छ माकुरी

टोकिन्छ आफ्नै सन्तानबाट

मरिदिन्छिन् माकुरी

सिद्धिन्छ उसको जीवन।

प्रकाशित: २० भाद्र २०७९ ०४:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App