२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

प्रिय! को हौ तिमी?

कविता

सुरेश गाउँले

मेरो सपनीमा आई

मलाई बिउँझाएर जाने

भन प्रिय! को हौ तिमी?

के हौ तिमी?

तिम्रा प्रेमिल स्पर्शहरू

र तिम्रो कोमल मनले

मलाई केही भने जस्तो

र लाग्छ

हृदयको कुनामा

तिमीलाई राखेर

निदाइरहूँ जस्तो

एकतमास तिमीलाई

यी नजरहरूले

खोजिरहेजस्तो

विपनीमा के हो कुन्नि

सपनीमै भए पनि

भेटूँ-भेटूँ लागिरहे जस्तो

भन प्रिय! को हौ तिमी?

के हौ तिमी?

आधा तिम्ले, आधा मैले

देखेर सपना

पूरा गरूँ जस्तो

बेरिएर तिम्रो अँगालो

मिठो संगीत

रचूँ-रचूँ जस्तो

भन प्रिय! को हौ तिमी?

के हौ तिमी?

हरेक दिन

मेरो सपनीमा आई

मलाई बिउँझाएर जाने

भन प्रिय! को हौ तिमी?

के हौ तिमी?

प्रकाशित: १८ भाद्र २०७९ ०७:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App