१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

कुलचन्द्र गौतमको आत्मकथा सार्वजनिक

कुलचन्द्र गौतमको आत्मकथा सार्वजनिक भएको छ। नेपाली पात्रको निजी अनुभवलाई समेटिएको ‘कुलचन्द्र गौतमः आत्मकथा’ आइतबार सार्वजनिक भएको हो।  

गौतमका भोगाइ र संघर्ष अहिलेको पुस्ताका निम्ति रोचक कथा प्रतीत हुन्छ। उक्त पुस्तकलाई पब्लिकेशन नेपालयले तयार पारेको हो।

एसएलसीलगत्तै अमेरिकी विश्वविद्यालयको छात्रवृत्ति पाएका गौतमलाई पढ्न जानका निम्ति तत्कालीन सरकारले पासपोर्ट दिन मानेन। यो मामला उतिबेला शिक्षा मन्त्रालयको एउटा टेबलबाट माथि उठेर मन्त्रीपरिषद् हुँदै स्वयं तत्कालीन राजा महेन्द्रसम्म पुगेको रोचक जानकारी पुस्तकमा समेटिएको छ।

यसरी गौतमले मुलुक भित्रैबाट थालेको संघर्षबाट सुरूभएको यात्रा कालान्तरमा अमेरिकी विश्वविद्यालयहरु हुँदै संयुक्त राष्ट्रसंघको सहायक महासचिव एवं युनिसेफका उप–कार्यकारी निर्देशकसम्म पुगेको छ।

गौतमलाई उनी अध्ययनरत अमेरिकी संस्था ‘डार्टमथ’ले हालै मानार्थ विद्यावारिधिसमेत प्रदान गरेको छ। सन् १७६९ मा स्थापित डार्टमथ उत्कृष्ठ अमेरिकी शिक्षण संस्थाहरुको समूह ‘आइभी लिग’ अन्तर्गत पर्छ। गौतमले सन् १९६८ को सेप्टेम्बरबाट त्यहाँ पढाइ सुरुगरेका थिए। त्यो शिक्षण संस्था स्थापना भएको दुइसय वर्षपछि पहिलोपटक गौतमकै पहलमा सन् १९७० मा अन्तर्राष्ट्रिय विद्यार्थीहरुको एशोशिएसन खोलिएको थियो र त्यसको पहिलो अध्यक्ष पनि गौतम नै निर्वाचित भएका थिए।  

सन् २००८ मा राष्ट्रसंघको सेवाबाट अवकाश लिएका गौतमले त्यसपछि पनि थुप्रै अन्तर्राष्ट्रिय संघ संस्थामा आवद्धता जनाउनुका साथै नेपालको शान्ति प्रकृयामा पनि नागरिक अगुवाका रुपमा सघाउ पुर्‍याउने काम गर्दै आएका छन्। बि. सं.२०६६ - २०६८ मा उनी नेपालको शान्ति प्रक्रिया र अन्तर्राष्ट्रिय मामिला सम्बन्धमा प्रधानमन्त्रीको अवैतनिक विशेष सल्लाहकार समेत थिए ।

चार सय ७२ पृष्ठ लामो ‘कुलचन्द्र गौतमः आत्मकथा’  पुस्तकको मूल्य नेपाली बजारका लागि ७५० रुपैयाँ राखिएको छ साथै पुस्तक देशका सबै प्रमुख पुस्तक पसलहरूमा उपलब्ध रहने छ। 

प्रकाशित: १२ भाद्र २०७९ १२:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App