मिस युनिभर्स’ नेपाल–२०२२ को ताज सोफीया भुजेले हात पारेकी छिन्। उनले १० लाखको चेकसहित अन्य पुरस्कार र ताज प्रप्त गरेकी छिन्।
‘स्विडीस कस्मेटीक्स ब्राण्ड’ ओरीफ्ले नेपालकै उत्कृष्ट सौन्दर्य प्रतियोगिताको लागि टाइटल स्पोन्सर गरेको हो। ओरीफ्लेम मिस युनीभर्स काठमाडाैंको होटल याक एण्ड यतिमा बिहीबार सम्मपन्न भएको थियो।
साथै अन्य प्रतियोगीलाई प्रायोजकले ओरीफ्लेमका उत्पादित समाग्रीहरु पुरस्कार स्वरुप वितरण गरिएको थियो। ओरीफ्लेमले गतवर्ष पनि मुख्य प्रायोजककारुपमा रहेको थियो।
मिस युनीभर्स नेपालको प्रायोजक बन्न पाउँदा खुसी लागेकोको ओरीफ्लेम नेपालको आधिकारिक बिक्रता एड्भान्स ग्रुपका थ्यग कभलत अध्यक्ष अरुण कर्णले बताए। उनले आगामी वर्षहरुमा पनि मिस युनीभर्स नेपालसँग सहकार्य हुनसक्ने समेत बताएका छन्।
‘स्विडीस कस्मेटीक्स ब्राण्ड’ का उत्पादित कस्मेटिस्क सामाग्रीहरुको नेपालस्थित आधिकारिक बिक्रेता एड्भान्स ग्रुप अफ कम्पनीको ए।जि। इन्टरनेशनलले गर्दै आइरहेको छ। एड्भान्स ग्रुप अन्तर्गत सिमेन्ट उद्योग, कृषि, होटल, मनी ट्रान्फरमा लगानी गर्दै आईरहेको छ। पछिल्लो ४ वर्ष यता एड्भान्स ग्रुपले स्विडसि कस्मेटिक्स ब्राण्डका उत्पादित सामाग्रीको बजार व्यवस्थापन समेत गर्दै आईरहेको छ।
नेपालका अधिकांश शहरहरुमा यस ब्राण्डद्वारा उत्पादित कस्मेटिक्स सामाग्रीहरु उपलब्ध छन्। पछिल्लो समय नेपालमा ओरीफ्लेमका कस्मेटिस्क सामानहरु महिला पुरुष माझ लोकप्रिय बन्दै गइरहेको छ।
प्रकाशित: १० भाद्र २०७९ ०९:५९ शुक्रबार





