२४ असार २०८१ सोमबार
image/svg+xml
कला

‘प्रेमगीत ३’ को गीत मायाको गाउँ नेपाली र हिन्दी भाषामा सार्वजनिक

नेपाली चलचित्र ‘प्रेमगीत ३’ को नयाँ गीत ‘मायाको गाउँ’ बिहीबार नेपाली भाषामा ओयसआर डिजिटल र हिन्दी भाषामा जि म्युजिक बाट सार्वजनिक भएको छ।

नेपाली भाषा तर्फ प्रताप दासको स्वर रहेको गीतमा सरोज पोखरेलले संगीत छ भने विष्णु भण्डारीको शब्द रचना छ। त्यस्तै हिन्दी भाषा तर्फ जुविन नौतियालको स्वर रहेको गीतमा रुबी फुलारा र सुवास काफ्लेको शब्द रचना छ।

हिन्दी संस्करणलाई पावनदिप राजनले कम्पोज गरेका हुन्। हिमाली जिल्ला मुस्ताङको मनै लोभयाउने दृश्यमा खिचिएको उक्त गीतमा प्रदीप खड्का र क्रिस्टिना गुरुङ फिचर्ड छन्।

आशुसेन फिल्म्सको प्रस्तुति रहेको फिल्मलाई सन्तोष सेन र छेतेन गुरुङले निर्देशन गरेका हुन्। फिल्म असोज ७ गते नेपाल र भारतमा प्रदर्शन हुँदैछ।

प्रकाशित: ९ भाद्र २०७९ ०८:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App