११ मंसिर २०८१ मंगलबार
image/svg+xml
कला

नपढी नहुने पुस्तक ‘मृत्यु उत्सव होस्’

पुस्तक

मधुसूदनप्रसाद घिमिरे

वाहवाह लेखकज्यू, तपाईंको  महानतामा म नतमस्तक छु-आफ्नो मृत्युदेखि लिएर इतिहास, धर्म, महाभारत सबै कुरा अटेको मृत्यु उत्सव होस् कवितासंग्रह पढेर।

‘मेरो मृत्युपछि चाहिने समिधा मेरै हड्डी बनून्।’ अत मेरा मृत्यु उत्सव बनोस्। कतै अलकापुरी कतै कान्तिपुरी नगरका कुरा अबका पिंढीले उस समयका कान्तिपुर देख्न पाउने छैनन्। संग्रहमा छत्तिस शीर्षकका मर्मस्पर्शी र बेजोडका भावका कविता रहेछन्।

म सानो छँदा सुनेको थिएँ-हामी जन्मँदा हाँस्छौँ, मुस्लिमहरू मर्दा हाँस्छन् रे! मरेपछि ऊ मुक्त भयो भनी ठान्दै जन्मँदा अब यो अवश्य मर्छ भनेर पिर गर्ने गर्छन् रे!

यो कविता पढेपछि मलाई अनौठो अनुभूति भइरहेको छ। हरेक शीर्षकले कि विकृति कि मृत्यु कोट्याएको छ।

सगरमाथाका देश हैन रोगीहरूका देश भनेर चिनाउनुपर्छ। मेरा आविष्कार, सिर्जना, खानपान आदि मेरो मृत्यु हो। मेरो मृत्युको दोष म आफैं लिन्छु। मृत्यु शीर्षकबाट लिएको यस कवितामा अर्थ गाम्भीर्य भेटें।

‘मलाई कुकुर बनाऊ‘ शीर्षक कवितामा मान्छेभन्दा कुकुरले न्याय गर्नसक्छ भन्ने भाव पनि अनौठो नै छ। ‘नाम सच्याउनुपर्‍यो’ कवितामा इतिहासका बहादुर लडाकु राजा योद्धा साराको सपना तुहिरहेको रोष पनि बेजोड छ।

कविको ‘थुइक्क तँलाई!’ यो विषयमा बस्ने सबैभन्दा दोषी तैं होस् भनी आफूको माध्यमबाट संसारको स्थिति देखाइएको छ। कविताले कतै डकर्मी र सिकर्मीका कुरा उठाएका छन् भने कतै आफू आमाबाबुबाट निर्मित ईश्वरीय प्रज्वलित दीप हुँ भन्दै मानवलाई ईश्वरको दीप मानेका छन्।

कविका यस्ता महान् विचारहरू पढ्ने अवसर म जस्ता  साहित्यमा बामे सर्दै गरेको तर तुसाराले रौं सेतै भएको मान्छेलाई पनि भावविह्वल बनाउन सफल भयो। बेजोड कविता लेख्ने कवि श्रेष्ठले अझै उच्च कोटिका कविता यो समाजलाई दिनसक्नेछ। यो पुस्तक हात परेपछि नपढी नहुने पुस्तक मैले ठानेको छु।

प्रकाशित: ३० श्रावण २०७९ ०८:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App