१० चैत्र २०८२ मंगलबार
image/svg+xml
कला

‘चोभार ब्लजु’को अन्तरक्रिया सम्पन्न

साहित्यकार विक्रमभक्त जोशीको निकथासंग्रह ‘चोभार ब्लुज’ को अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नेपाल प्रज्ञाप्रतिष्ठानमा सो कार्यक्रम सम्पन्न भएको हो।

पेरोल साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष साहित्यकार/पत्रकार विके पाल्पालीलाई श्रद्धाञ्जली दिंदै शुरू भएको सो कार्यक्रममा समालोचक महेश पौडेलले स्वागत गरेका थिए।

उक्त कार्यक्रममा विशिष्ठ अतिथि साहित्यकार समालोचक प्राडा सावित्री मल्ल कक्षपति र साहित्यकार/ समालोचक तथा प्रकाश सायमीले ‘चोभार ब्लुज’को चर्चा गरेका थिए।

प्रकाशकको तर्फबाट साहित्यपोष्टका सम्पादक तथा साहित्यकार अश्विनी कोइराला, लेखक-पाठकको तर्फबाट इञ्जिनियर विजयबहादुर कर्माचार्य, कलाकार तेजबहादुर विक र साहित्यकार समालोचक हरि अधिकारीले बोलेका थिए।

कार्यक्रम पेरोल साहित्य प्रतिष्ठान नेपालका अध्यक्ष रेणुका भट्टराईको सभापतित्वमा सम्पन्न भएको थियो।

प्रकाशित: २८ श्रावण २०७९ ०३:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App