१७ आश्विन २०७९ सोमबार
कला

‘पहिले’ घुस खाइस् भन्दा लाज मान्थे, ‘अहिले’ तैंले पाए पनि खान्थिस् भन्छन्’, कसलाई गर्नू व्यंग्य?

‘हास्यव्यंग्य कुनै पनि परिकारको छुट्नै नहुने तत्त्व हो। गुलियो खानामा छुट्नै नहुने चिनी हो भने स्वादिलो परिकारका लागि नुन हो। यी दुईवटा भएन भने न चिया मिठो हुन्छ न तरकारी स्वादिलो हुन्छ’, हास्यव्यंग्यको परिभाषा दिंदै हास्यकलाकार मनोज गजुरेल भन्छन्,‘हास्य भनेको कलाकर्मीको धर्म हो। कर्ममा धर्म हुनुपर्छ। व्यंग्य भनेको धर्मभित्रको कर्म हो। धर्म र कर्म मिलाएर संयुक्त जे बन्छ त्यो कलाका लागि हास्यव्यंग्य हो।’

वरिष्ठ कलाकार सन्तोष पन्त कलाकारितामा हास्यव्यंग्य एकदमै जरुरी बताउँछन्। खानामा नुन अनिवार्य भएजस्तै कलाकारितामा हास्यव्यंग्य अनिवार्य भएको उनको भनाइ छ। चलचित्रमा समेत हास्यव्यंग्य हुनुपर्ने उनको जोड छ।  

‘चलचित्रमा समेत हास्यव्यंग्यलाई स्थान दिइएको हुन्छ। पैसा तिरेर रुन जाने त होइन नि। हास्यव्यंग्य समाजको ऐना हो। विकृतिलाई पनि हामीले हास्यको माध्यमबाट देखाउने भएका कारण यो असाध्य राम्रो कुरा हो।’ पन्त मुख छाडेर गाली गर्नुभन्दा घुमाउरो प्रकारले भन्नुलाई व्यंग्यको परिभाषा दिन्छन्।

पुराना पुस्ताका अग्रज कलाकार हरिवंश आचार्य कलाकारिताको सबैभन्दा ठूलो काम नै हास्यव्यंग्य भएको बताउँछन्। ‘मान्छे खुसी नभई ताली पनि पिट्दैन,उफ्रिंदा नि उफ्रिंदैन र नाच्दा नि नाच्दैन। त्यो भनेको मन हाँस्नु हो। मन हाँसे मात्र शरीर हाँस्छ’, उनी भन्छन्।

समाजका कुनै पनि घटनालाई छानेर व्यंग्यात्मक रूपमा व्यक्त गर्न कला नै व्यंग्य भएको आचार्यको तर्क छ। उनी भन्छन्, ‘गालीलाई फिल्टर गरेको कुरा व्यंग्य हो। गाली गर्दा मान्छे रिसाउँछ। गालीले मान्छेलाई दुखी तुल्याउँछ तर व्यंग्यले दुखी तुल्याउँदैन। व्यंग्यले मान्छेलाई मनोरञ्जन गराउँछ।’  

कलाकारितामा मात्र होइन जीवनका हरेक पाटामा हास्यव्यंग्य जरुरी छ। जीवनमा हाँसो र व्यंग्य भयो भने मान्छेले आफूलाई ‘सेल्फ मोटिभेट’ गर्नसक्छ। अरूलाई नि चाँडै कन्भिन्स गराउन सक्छ। कलाकारिताको सबैभन्दा प्रभावकारी माध्यम हास्यव्यंग्य हो। 

कलाकारितामा मात्र होइन जीवनका हरेक पाटामा हास्यव्यंग्य जरुरी छ। जीवनमा हाँसो र व्यंग्य भयो भने मान्छेले आफूलाई ‘सेल्फ मोटिभेट’ गर्नसक्छ। अरूलाई नि चाँडै कन्भिन्स गराउन सक्छ। कलाकारिताको सबैभन्दा प्रभावकारी माध्यम हास्यव्यंग्य हो।  

हास्यव्यंग्य कुनै ध्यान साधनाबाट उत्पन्न भएको नयाँ विचार होइन वा अन्य ग्रहबाट ल्याउने कला पनि होइन। हास्यकलाकार मनोज गजुरेल समाज र जीवनमा हाम्रै वरिपरिका घटनालाई हाँसोको रङ दलेर दर्शकलाई नै फर्काइदिने कला नै हास्यव्यंग्य भएको बताउँछन्। नेपालको परिपेक्ष्यमा हास्यव्यंग्य समाज सुधार र राजनीतिक र सामाजिक परिवर्तनको हतियार रहेको उनको भनाइ छ।

पञ्चायतकालमा हास्यव्यंग्य

पञ्चायतकालदेखि हास्यव्यंग्य क्षेत्रमा क्रियाशील वरिष्ठ कलाकार हरिवंश आचार्य र सन्तोष पन्त त्यस समयमा बौद्धिकताका साथ राजनीतिक व्यंग्य प्रस्तुत गर्ने गरेको अनुभव सुनाउँछन्।  

आचार्य भन्छन्, ‘पञ्चायत व्यवस्थामा सिधै बोल्न पाइँदैनथ्यो। बोल्न नपाएकोमा हामीलाई ठूलो फाइदा भयो। जसले नि बोल्न पाएको भए हामीले बोलेको के मतलब हुन्थ्यो त! जसले नि बोले यिनीहरूले नि बोले भन्थे। सबैलाई बोल्ने आँट थिएन। हामीले त्यो आँट प्रस्तुत ग¥यौ। हामीले त्यो युगलाई अवसरमा बदल्यौं।’

पञ्चायतकालमा हास्यव्यंग्यको स्क्रिप्ट प्रशासनलाई पहिले नै दिनुपथ्र्यो। स्क्रिप्ट नदिए हल बुक गरे पनि क्यान्सिल गरिदिन्थे। अनुशासनमा बाँध्न खोजिन्थ्यो। त्यसरी बाँध्दा हामीले थाहा नपाउने घुमाउरो स्क्रिप्ट गर्नुपर्ने भयो। सिधै गर्न पाएनौ हामीले। त्यसरी घुमाईघुमाई गर्दा कलात्मक प्रस्तुति पस्किन सक्यौ। त्यो नै आर्ट हो।’

पञ्चायतकालमा सन्तोष पन्तको अनुभव यस्तो रह्यो। उनी भन्छन्, ‘वर्ष दिनमा सात दिन हास्यव्यंग्य प्रस्तुत गर्न पाउँथ्यौं। त्यतिबेला गाईजात्राको मनोरञ्जन कार्यक्रम हेर्नका लागि टिकट लिन राति २ बजेदेखि लाइनमा बस्थे। त्यतिबेला व्यंग्यको महत्त्व पनि थियो। कार्यक्रम बनाउन धेरै मजा पनि आउँथ्यो।’

बहुदल, गणतन्त्रमा हास्यव्यंग्य

‘अहिले केके तन्त्र भन्ने आयो। यो आएपछि त छाडातन्त्र आयो। अब त गाईजात्रा हुँदैन। गालीगलौज हुन्छ। अरूलाई सिधै भन्ने त्यो गर्दा ठिक भएन।’ आक्रोशित मुद्रामा पन्त भन्छन्, ‘३० वर्षदेखि यता त मनपरी नै छ। त्योभन्दा अगाडि हामीलाई यस्तो व्यंग्य भन्न पनि मजा लाग्थ्यो। यति धेरै बेथिति थिएन। अहिले हामीले व्यंग्य हान्नै लाज लाग्ने भइसक्यो। के हान्ने र कति जनालाई हान्ने! जताततै लथालिंग र भताभुंग छ। कोलाई हान्ने। कसैले घुस खाए भन्दा ऊ बेला लाज मान्थे। अहिले त खाको हो नि। तैंले पाए त खान्थिस् भन्छन्।’  

बहुदल र गणतन्त्र आएपछि हास्यव्यंग्यको प्लेटफर्म बढेको आर्चायको तर्क छ। विगत सम्झिंदै उनी भन्छन्,‘पहिले हास्यव्यंग्य गर्ने मान्छे पनि सीमित हुन्थे। पछिल्लो समय थुप्रै  प्रतिभावान् कलाकार पनि जन्मिएका छन्। हास्यव्यंग्यको प्लेटफर्म फराकिलो हुँदै गएको छ। अहिले त जसलाई जे भन्नु छ, सिधै भने पनि हुन्छ तर हामीले आफ्नोपन छोडेनौ। पहिले पञ्चायत व्यवस्थामा जसरी शिष्ट तरीकाले हास्यव्यंग्य गथ्र्यौ। सकेसम्म त्यसलाई नै कायम राख्न खोजेका छौं।’

बहुदल र गणतन्त्र आएपछि हास्यव्यंग्यको प्लेटफर्म बढेको आर्चायको तर्क छ। विगत सम्झिंदै उनी भन्छन,‘पहिले हास्यव्यंग्य गर्ने मान्छे पनि सीमित हुन्थे। पछिल्लो समय थुप्र्रै प्रतिभावान् कलाकार पनि जन्मिएका छन्। हास्यव्यंग्यको प्लेटफर्म फराकिलो हुँदै गएको छ। अहिले त जसलाई जे भन्नु छ, सिधै भने पनि हुन्छ तर हामीले आफ्नोपन छोडेनौ। पहिले पञ्चायत व्यवस्थामा जसरी शिष्ट तरीकाले हास्यव्यंग्य गथ्र्यौ। सकेसम्म त्यसलाई नै कायम राख्न खोजेका छौं।’

पञ्चायती कालको अन्त्यसँगै हास्यव्यंग्य क्षेत्रमा पाइला चालेका कलाकार गजुरेल पछिल्लो समय हास्यव्यंग्य गालीको लेवलमा आएको बताउँछन्। स्वमूल्यांकन गर्दै आफ्नो सुरुवाती दिन उनी सम्झन्छन्, ‘कलाकारिताको सुरुवातीमा गालीलाई हास्यव्यंग्य ठानें। परर ताली बजाइदिन्थे अनि यही हास्यव्यंग्य होला भनेर मैले नि त्यही गरें। वादेवादे जायते तत्त्वबोध भनेजस्तै, सिक्दैसिक्दै जाँदा अहिले कलाकार स्वयं जिम्मेवार बन्नु म जरुरी ठान्छु।’  

पछिल्लो समयका हास्यकलाकारले राम्रो काम गर्दै गएको आचार्यको विश्लेषण छ। ‘प्लेटफर्म फराकिलो भएको छ। पहिलेपहिले हास्यव्यंग्य त गर्न पर्व कुर्नुपथ्र्यो। त्यसपछि वर्षको दुईतीन वटा शो हुन्थे। काठमाडौं बाहिर पनि हामी वर्षमा दुईतीनवटा शो गथ्र्यो। विदेशमा पनि फाट्टफुट्ट हामी जान्थ्यौ।

अहिले नियमित रूपका टेलिभिजनका कार्यक्रमका माध्यमहरूबाट हास्यव्यंग्यका प्रस्तुतिमा आधारित थुप्रै कलाकार छन्। धेरै भएपछि राम्रा पनि हुन्छन् र नराम्रा पनि। तारिफयोग्य कार्यक्रम पनि छन्। राम्राराम्रा गर्ने कलाकार पनि हुनुहुन्छ। कोही विकृतिविसंगति देखाउने मान्छे पनि हुनुहुन्छ। त्यसकारण जति प्लेटफम फराकिलो हुँदै गयो त्यति मान्छे पनि फरकफरक हुँदै जान्छ। तर, हास्यव्यंग्यको विकासचाहिं भएको छ। यो पेसामा समर्पित भएर मान्छेले जिन्दगी चलाउन सक्ने भएका छन्। यसरी यही पेसाले मान्छेलाई खानलाउन पुगेको छ।’

पछिल्लो समय अध्ययनका साथ हास्यव्यंग्य प्रस्तुत गर्ने कलाकार पनि रहेको मनोज गजुरेल बताउँछन्। ‘एक नम्बर, दुई नम्बर भन्न गाह्रो हुन्छ। नयाँ पुस्तामा पनि कला र विचारको फ्यूजन भएका कलाकारको संख्या थुप्रै छ। क्रियटिभ छन्, सामाजिक हिसाबले जिम्मेवार कलाकारको संख्या पनि छ।’  

पछिल्लो समय अध्ययनका साथ हास्यव्यंग्य प्रस्तुत गर्ने कलाकार पनि रहेको मनोज गजुरेल बताउँछन्। ‘एक नम्बर, दुई नम्बर भन्न गाह्रो हुन्छ। नयाँ पुस्तामा पनि कला र विचारको फ्यूजन भएका कलाकारको संख्या थुप्रै छ। क्रियटिभ छन्, सामाजिक हिसाबले जिम्मेवार कलाकारको संख्या पनि छ।’  

हास्यव्यंग्यका विभिन्न हाँगा भएका कारण सबैले म्यासेज नै दिनुपर्छ भन्ने नभएको गजुरेलको भनाइ छ। ‘हास्यव्यंग्य कलाकारको मूल उद्देश्य हँसाउनु हो। उस्ले हँसायो कि हँसाएन। पहिलो दायित्व त्यो हो। दोस्रो हास्यव्यंग्यमा सामाजिक दायित्वबोध छ कि छैन। सन्देश भन्ने तेस्रोमा आउँछ’, उनी भन्छन्, ‘सन्देश नै हाँस्नुपर्छ भन्ने हो। युवा पुस्तामा त्यो छ। कहीं कतै कमजोरी नभएको त होइन।’

‘नयाँ पुस्ताका भाइबहिनीहरू नि राम्रै हुनुहुन्छ। तर,अहिलेको बेलामा आएर उहाँहरू यस्तै कुरा मात्रै रोस्टसोस्ट भन्ने कुराहरू सिकिरहनुभएको छ। उहाँहरूले हाम्रा पुराना पनि हेरेर नयाँपन पनि दिए राम्रो हुन्छ कि जस्तो लाग्छ’ पन्तले भने।

हास्यव्यंग्यमा राज्यको नियन्त्रण

हास्यव्यंग्यमा राज्यको नियन्त्रण आवश्यक नभएको आचार्यले बताए। ‘राज्यको नियन्त्रण आवश्यक छैन। हुनु पनि हुँदैन। आफूले आफैलाई नियन्त्रण गर्न सक्नुपर्छ,’ नयाँ पुस्ताका कलाकारलाई सुझाव दिंदै आचार्य भन्छन्, ‘हामीलाई सबैले चिन्ने भएकाले हामीले जे पायो त्यही गर्न भएन। हामीले शिष्ट भइदिनुपर्छ। हामीले जे पायो त्यही बोल्नु हुँदैन। हामीले बोलेका कुरा बालबच्चाले अनुसरण गर्छन्। समाजमा त्यसले असर पु¥याउँछ। राम्रो बोले सकारात्मक प्रभाव पर्छ। त्यसकारण हामीमा बढी जिम्मेवारी छ।’

आफूले आफैलाई नियन्त्रण गर्न सके राज्यले नियन्त्रण गर्न नपर्ने आचार्य बताउँछन्। आचार्यकै भनाइमा सहमत छन् कलाकार मनोज गजुरेल पनि। ‘सबै हास्यव्यंग्य कलाकर्मीहरू समाजप्रति राज्यको कानुन र संविधानप्रति जिम्मेवार हुने हो भने राज्यको नियन्त्रण आवश्यक पर्दैन। तर, अति स्वतन्त्रता र अति स्वच्छदता नै हास्यव्यंग्य भन्ने हो भने आवश्यक छ।’ राज्यले हास्यव्यंग्यलाई नियन्त्रण गर्नु हुँदैन। त्यसकारणले पनि हामी जिम्मेवार भएर प्रस्तुत हुनुपर्नेमा उनको जोड छ।

यता सन्तोष पन्त भने राज्यले हास्यव्यंग्यमा नियन्त्रण गर्न आवश्यक रहेको बताउँछन्। ‘जुनसुकै कुरामा पनि नियन्त्रण आवश्यक छ। सेन्सरसिप हुनुपर्छ। पहिले पनि थियो। हुन त प्रजातन्त्रमा के हो सेन्सरसिप भन्छन्। त्यसकारण टिकटक र युट्युवमा जे पायो त्यही भइरहेको छ’, पन्तले आक्रोश पोख्दै भने, ‘त्यस्तालाई हामीले बढावा दिनु हुँदैन। त्यस्तो गर्ने मान्छेलाई कार्वाही गर्नुपर्छ।’

मान्छे स्वज्ञानी हुनै नसक्ने भन्दै पन्त आवश्यक कानुन बनाएर नियन्त्रण गर्नुपर्ने बताउँछन्। ‘स्वज्ञानी भएको मान्छे त्यस्तो गर्दैन नि। नियमकानुन बनेकै विकृति नियन्त्रणका लागि त हो नि!’

प्रकाशित: २७ श्रावण २०७९ १५:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App