१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

दुख

लघुकथा

तुलसी पण्डित

निरबहादुर एकतमासले सोचिरहेछ।

के गर्ने जीवन सखीले चाँडै नै छोडेर गइन्। एउटा प्याउसो जन्मेको थियो।

उसले अझै सोच्यो।

मैले अर्को बिहे गरे भने यसको विजोक हुन्छ। बरु यसैलाई हुर्काउने, बढाउने र पढाउने गर्छु। आमा नभएको टुहुरा हुर्काउनु मेरो कर्तव्य हो। पछि आफूलाई यसैले हेरिहाल्छ नि।

बूढाले छोरामाथि अनेक सपना साँचेर हुर्काए। यता गाउँलेहरूले तिम्रो विवाह गर्ने बेला छ अझै। विवाह गर भने तर निरबहादुरले मानेन।

छोरा पढेर सक्षम भयो। राम्रो जागिर खायो। विवाह गरिदिए। विवाह गरेपछि छोराको बानी-व्यवहारमा परिवर्तन देखियो। उसले रुखा वचन लगाउन थाल्यो। हुँदाहुँदै मेरो नाममा रहेको सारा जग्गा घर हात लगायो। न दिऊँ कसरी खुकुरी नै देखाउन थालेपछि। जसरी पनि उसैको हो भनेर पास गरिदिएँ।

एकदिन उसले मलाई भन्यो।

‘म तिमीलाई पाल्न सक्दिनँ।’

उसको कुराले मेरो हृदय छोयो। ‘उसो भए मेरो अंशले म अन्त गएर बस्छु।’

उसले खुकुरी देखाउँदै भन्यो।

‘अंश दिने हो।’

मलाई डर लाग्यो। मैले भने, ‘भोलि मलाई न खोजेस्?’

उसले अट्टहाँस हाँस्दै भन्यो।

‘यस्ता मर्न लागेका बूढालाई कसले खोज्ने।’

म घरबाट अंशबिना निस्किएँ। मसँग केही थिएन। थियो त भोलि के हो के हो भन्दै भित्री गोजीभित्र साँचेर राखेको एक ठूलो हिरा। त्यसलाई बेचेर एक भव्य घर किने। अरू पैसा बैंकमा राखे। त्यसैबाट आफ्नो गुजारा गरिरहेको थिएँ।

उता छोराले भएको सबै सम्पत्ति सकेछ।

ऊ एकदिन रुँदैरुँदै म कहाँ आएर भन्यो।

‘बाबा हजुर बूढो हुनुभयो। कति दुख गर्नुहुन्छ सधैंभरि। अब म तपाईलाई पाल्छु?’

‘भो पर्दैन बाबु, बूढाखाडा पाल्दा फेरि तिमीलाई दुख हुन्छ।’

प्रकाशित: १८ श्रावण २०७९ ०९:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App