२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

छक्कापञ्जा ४ को छायांकन सुरु

नेपाली चलचित्र छक्कापञ्जा ४ को छायांकन सुरु भएको छ। सोमबार भक्तपुरको सूर्य विनायक मन्दिरमा पूजा गरेर फिल्मको छायांकन सुरु गरिएको हो। 

दीपकराज गिरी र दीपाश्री निरौलाले निर्माण गरेको चलचित्रलाई हेमराज बि.सी.ले निर्देशन गर्नेछन्। आगामी कार्तिकमा फिल्म प्रदर्शन गर्ने टिमको योजना छ। सञ्चारकर्मीहरुसँगको कुराकानीमा कलाकार दीपकराज गिरीले फिल्म कलाकार जितु नेपालसँग आफ्नो कुनै दुश्मनी नरहेको बताए। उनले एकअर्काका फिल्ममा सबैले फूल लगेर दिने र सफलताको शुभकामना दिने गरेको बताए। 

उनले फिल्ममा शहरको कथावस्तु रहेको बताए। त्यस्तै कलाकार केदार घिमिरेले फिल्मको कथावस्तु लेख्न धेरै गाह्रो भएको बताए। उनले आजभन्दा दुई महिना अघि नै सुरु गर्नुपर्ने भएपनि कथावस्तु सक्न गाह्रो भएको बताए। त्यस्तै कलाकार जितु नेपालले दीपकराज गिरीसँग कुनै झगडा नभइ समयसमयमा आफ्नो स्वभाव र कार्यव्यवस्तताका कारण काम गर्न नपाएको बताए।  

फिल्ममा दीपकराज गिरी, बेनिशा हमाल, मलिना जोशी, निर्मल शर्मा, केदार घिमिरे, नीर शाह, दीपाश्री निरौला लगायतको अभिनय रहनेछ।

प्रकाशित: ९ श्रावण २०७९ १३:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App