१० चैत्र २०८२ मंगलबार
image/svg+xml
कला

लामो समयपछि फिल्मी क्षेत्रमा 'कमब्याक' प्रियंका

नेपाली फिल्म राधाको तिज लक्षित गीत ‘राधा पियारी’को सुटिङ गरिएको छ। बुधबार पशुपति परिसरमा गीत राधा पियारीको सुटिङ गरिएको हो। गीतमा तिजको झलक देख्न सकिन्छ। 

लामो समयपछि फिल्मी क्षेत्रमा कमब्याक गरेकी प्रियंका कार्की र श्रृष्टि श्रेष्ठको गीतमा मूख्य अभिनय छ। फिल्म राधामा तिजको सिन रहेकोले त्यसलाई समेट्न गीत सुटिङ गरेको नायिका श्रृष्टि श्रेष्ठले बताइन्।

उनले तिजको गीतमा नाच्न पाउँदा छुट्टै रमाइलो हुने र एउटा चाडको रुपमा सदा रही रहने भएकोले गीत सुटिङ गर्न रमाइलो भएको बताइन्। 

त्यस्तै फिल्म राधाका निर्माता एवं नायक सौगात मल्लले निर्माता हुँदा फिल्मको सुटिङका लागि दौडिनुपरेको बताए। उनले काम फरक भएकोले यो आफ्नो लागि सिक्ने अवसर भएको बताए। नेपाली वास्तविक कथावस्तुमा पनि फिल्म बन्नुपर्छ भनेर लगानी गरेको बताए।

त्यस्तै गीतमा अभिनय गरेकी नायिका प्रियंका कार्कीले तिजको लागि गीत सुटिङसँगै आफू काममा फर्किन पाएकोमा खुसी व्यक्त गरिन्। उनले तिज नभएपनि आफूलाई नाच्न पाउनेबित्तिकै रमाइलो अनुभुति हुने बताइन्। उनले केही समयपछि काममा फर्किंदा पनि सहज लागेको बताइन्।

नेपाली फिल्म राधा आगामी भदौ १० गतेबाट रिलिज हुँदैछ। सुवर्ण थापाले निर्देशन गरेको चलचित्र महिला केन्द्रित चलचित्र हो। चलचित्रमा श्रृष्टिसँगै खगेन्द्र लामिछाने, मेनुका प्रधान, दिव्यदेव पन्त, बुद्धि तामाङ, निश्चल बस्नेत, दयाहाङ राई लगायतका कलाकारको अभिनय छ। फिल्म सौगात मल्लले निर्माण गरेका हुन्।

प्रकाशित: २३ असार २०७९ ०८:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App