१३ असार २०७९ सोमबार
कला

आशामा बाँचौं

लघुकथा

विष्णु उप्रेती

गेटको घन्टी बज्यो। झ्यालबाट हेरे। तल गेटमा पानीको मिटर रिडर आएको रहेछ। पानी मिटरको ढोका खोलीदिएँ। उसले मिटर हेरेर बिल काट्यो र मलाई दियो।

बिल हेरेपछि रिसले मेरो कन्पारो तात्यो।

म कराएँ, ‘मेलम्चीको पानी बन्द भएको दुई महिना भैसक्यो अनि यो पैसाको बिलचाहिं कसरी यत्रो आयो? बिनापानीको पैसा किन तिर्ने? यो सरासर लुट हैन?’

रिडर दुई पाइलापछि सयो र भन्यो,‘नरिसाउनु न साहुनी, सरकारले वैकल्पिक व्यवस्था गर्छु भनेकै छ त। सुन्नुभएन समाचार। धैर्य गर्नुपर्‍यो नि दुईचार दिन।’

स्कुलबाट आइपुगेका छोराले हाम्रो वादविवाद सुनिरहेको थियो। छोराले भन्यो, ‘ह्य ममी, नकराउनु न! बिल आएपछि खुरुक्क पैसा तिरे भैगो नि। धारामा पानी नआए पनि हावा त आएकै छ नि। अनि फेरि सरकारले वैकल्पिक व्यवस्था गर्छु भनेकै रहेछ।’

मिटर रिडर ढोकातिर लम्किंदै भन्यो, ‘अलिकति पख्नुस् हजुर,कमिसनमा थोरै कुरा मिल्न बाँकी छ। कुरा मिल्नासाथ सबै कुरा ठिक हुन्छ क्या। पानी भने जति आउँछ। अब आशामा बाँचौं है।

रिडर ठोकाबाट बाहिरियो।

प्रकाशित: ९ असार २०७९ १०:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App