१२ असार २०८१ बुधबार
image/svg+xml
कला

श्रमको महिमा

लघुकथा

खोजक हरि

मलाई छोरा पढिरहेको स्कुलबाट शिक्षकको फोन आयो, ‘हजुर, को बोल्नुभएको हो?’

म-हो।

शिक्षक-म स्कुलबाट बोल्दैछु।

म-नमस्कार सर!

शिक्षक-अनि तपाईंको छोरा हिजो स्कुल आएन। कहाँ गएको थियौ भनेर सोध्दा बाबाले खेतमा काम गर्न लग्नुभएको थियो भन्यो त।

म-हो सर!

शिक्षक-यस्तो त गर्नुभएन नि! हिजो झन् महत्त्वपूर्ण पाठ पढाएका थियौ। त्यो त छुट्यो नि!

म-कुन पाठ सर?

शिक्षक-श्रमको महिमा।

म अवाक् भएँ- श्रमको महिमा किताबको पानामा हुन्छ कि खेतको गरामा?

प्रकाशित: ३ असार २०७९ ०२:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App