४ असार २०८१ मंगलबार
image/svg+xml
कला

कवियत्री पौडेललाई साहित्यकार भवानी भिक्षु स्मृति पुरस्कार

साहित्यकार भवानी भिक्षु स्मृति पुरस्कार कपिलवस्तुको तौलिहवाकी कवियत्री सकुन्ताल ज्ञवाली पौडेललाई प्रदान गरिएको छ। नव कपिलवस्तु साहित्यिक समाजले तौलिहवाको राधा कृष्ण मन्दिरको हलमा राखेको ११३ औ भिक्षु जयन्ती स्रष्टा सम्मान एवं कृति विमोचन कार्यक्रममा कवियत्री पौडेललाई सो पुरस्कार प्रदान गरिएको हो।

कपिलवस्तु नगरपालिकाकी उप मेयर सुनिता गुप्ता र नगरपालिका वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरले पौडेललाई दोसल्ला ओढाई ताम्रपत्रमा लेखिएको प्रशंसा पत्रसहित सम्मानित गरेका थिए। पौडेललाई नगद ११ हजार १११ रुपैयाले पुरस्कृत गरिएको थियो। नव कपिलवस्तु साहित्यिक समाजले लुम्बिनी अंचलका साहित्यकारलाई दिँदै आएकोमा विगत २ वर्षदेखि कपिलवस्तुकै साहित्यकारलाई दिने निर्णय गरिएको बरिष्ठ साहित्यकार हरिराज शर्माले बताए।

कम्तीमा ३ वटा कृति प्रकाशित गरेका साहित्यकारलाई भवानी भिक्षु स्मृति पुरस्कार दिने मापदन्ड बनाइएको छ। साहित्यकार पौडेलले ‘भावना’, ‘प्रवाह’, 'कविता संग्रह र संघर्ष’ नामक कथा संग्रह प्रकाशित गरेकी छिन्। पुरस्कृत भएपछि पौडेलले झनै उत्साह थपेकाे बताइन्। उनले आफू अब साहित्य क्षेत्रको विकासमा लागिपर्ने बताइन्।

कार्यक्रममा साहित्यकार जीवनाथ पाण्डेयद्वारा रचित ‘कविता काेसेली’ नामक कविता संग्रह समेत विमोचन गरिएको थियो। कार्यक्रममा उपमेयर गुप्ताले साहित्य क्षेत्रको विकासमा नगरपालिकाले लगानी गर्ने बताइन्। उनले नगरपालिकाले अब सबै क्षेत्रको विकासमा स्थानीयको चाहना अनुसार काम अघि बढाउने बताए। सो अवसरमा वडाध्यक्ष गैरले आफ्नो वडाबाट समेत साहित्य क्षेत्रको विकासमा बजेट विनियोजन गर्ने बताए।

कार्यक्रममा बरिष्ठ साहित्यकार कर्णेल भारद्धाज, गीता अंजान, श्याम प्रकाश श्रीवास्तव, भक्तिराम पन्थी, जीवनाथ पाण्डेय, दामोदर पराजुली, कृष्ण अग्रहरी, निरा कोरी, रबिचन्द्र शाक्य, बासुदेव चैधरी परशुराम यादव लगायतले आआफ्नो रचना प्रस्तुत गरेका थिए। पशुपतिमणी त्रिपाठीको अध्यक्षता, दामोदार पराजुलीको संचालनमा भएको कार्यक्रममा पत्रकार महासंघका जिल्ला सभापति किरणमान बज्राचार्य, मदुसुदन श्रेष्ठ, पार्वती शर्मा लगातयले शुभकामना मन्तब्य दिएका थिए।

प्रकाशित: २३ जेष्ठ २०७९ १३:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App